के हो अर्थोस्कोपी सर्जरी ? « Khabarhub

के हो अर्थोस्कोपी सर्जरी ?

जोर्नीमा प्वाल पारेर दूरबिनको सहयोगमा हुने उपचार


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

उपचारका विभिन्न पद्धति हुन्छन्। प्रविधिको विकाससँगै उपचार विधिसमेत सहज बन्दै गएका छन्। विभिन्न विकसित देशमा जुनसुकै जोर्नीको उपचार गर्नुपर्दा पनि अर्थोस्कोपी प्रविधिबाट अप्रेशन गरिन्छ। नेपालमा घुँडा र पाखुराको जोर्नीको अप्रेशन यो प्रविधिबाट हुन्छ। विस्तारै नेपालमा पनि अन्य देशहरु जस्तै सबै जोर्नीको उपचार यो प्रविधिबाट गर्न सकिने व्यवस्था हुँदैछ। अर्थोस्कोपी सर्जरी भनेको के हो ? यो कस्तो अवस्थामा गरिन्छ ? भन्ने विषयमा अर्थोस्कोपी सोसाइटी अफ नेपालका अध्यक्ष डा. अमित जोशीसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानी :

अर्थोस्कोपी सर्जरी भनेको के हो ?
जोर्नीहरुमा सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई अर्थोस्कोपी भनिन्छ। यो अङग्रेजीबाट आएको शब्द हो। अर्थो भनेको जोर्नी र स्कोपी भनेको हेर्ने अर्थ लाग्छ। त्यसैले यो प्रविधिलाई अर्थोस्कोपी भनिन्छ।

जोर्नीहरुमा सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई अर्थोस्कोपी भनिन्छ।

यो कस्तो अवस्थामा गरिन्छ ?
कुनै पनि जोर्नीको भित्र देखिएको सानोदेखि ठुलो रोगको उपचार यो प्रविधिबाट गर्न सकिन्छ। संसारका विभिन्न विकसित देशमा जुनसुकै जोर्नीमा पनि यो प्रविधिबाट अप्रेशन गरिन्छ। नेपालमा घुँडा र पाखुराको जोर्नीको अप्रेशन यो प्रविधिबाट गरिन्छ। विस्तारै नेपालमा पनि अन्य देशमा जस्तै सबै जोर्नीको उपचार यो प्रविधिबाट गर्न सकिने व्यवस्था हुँदैछ।

नेपालमा यसको सुरुवात कहिलेदेखि भयो ?
लामो समयदेखि यास्तो उपचार भइरहेको छ। सन् २०१५ मा अर्थोस्कोपी सोसाइटी अफ नेपाल दर्ता भयो। त्यसपछि यो प्रविधिमा उपचार सुरु भएको रेकर्ड पाइन्छ। संस्था दर्ता भएपछि समूहगत रुपमा उपचार सुरु भएको मान्न सकिन्छ।

ग्रामीण क्षेत्रमा यो प्रविधिबाट उपचार सम्भव छ कि छैन ?
अर्थोस्कोपीलाई विदेशमा खेलकुदसँग सम्बन्धित रोगसँग जोडेर हेरिन्छ। तर नेपालमा त्यस्तो छैन। नेपालमा डाँडामा हिँड्नु नै खेलकुदभन्दा बढी हो। नेपालमा घरायसी काम गर्दागर्दै घुँडामा पाखुरामा चोट लाग्ने हुन्छ। सडक दुर्घटनाबाट पनि हाडजोर्नी सम्बन्धी समस्या बढ्ने गरेको छ। त्यसैले गाउँ र सहर दुवै ठाउँमा अर्थोस्कोपी सर्जरी सेवा आवश्यक छ। हामीले यसबारेमा विभिन्न जानकारीमुलक कार्यक्रम गररहेका छौं।

अर्थोस्कोपीलाई विदेशमा खेलकुदसँग सम्बन्धित रोगसँग जोडेर हेरिन्छ। तर नेपालमा त्यस्तो छैन। नेपालमा डाँडामा हिँड्नु नै खेलकुदभन्दा बढी हो।

यसको उपचार कत्तिको खर्चिलो पर्छ ?
दूरबिनको प्रयोग आफैमा महंगो हो। यसको अप्रेशन गर्ने सामान पनि विदेशबाट ल्याउनुपर्छ। त्यसैले खर्चिलो छ। यसलाई कसरी सर्वसुलभ र सस्तो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ। यो प्रविधिको उपचारका लागि काठमाडौंमै आउनुपर्ने आवश्यकता छैन। सर्वसुलभ रुपमा धेरै स्थानीय तथा प्रादेशिक अस्पतालमा यो प्रविधिबाट उपचार गर्न सकिन्छ।

सर्जरीपछि जोर्नीलाई पुरानै अवस्थामा फर्काउन कति समय लाग्छ ?
अप्रेशन गरिसकेपछि ६ महिनादेखि १२ महिनासम्म लाग्नसक्छ। कसैकसैलाई १८ महिनादेखि दुई वर्ष पनि लाग्नसक्छ। तर अप्रेशन गरिसकेपछि फिजियो थेरापी अति आवश्यक कुरा हो। अप्रेशन गरिसकेपछि कसरी त्यो जोर्नीहरुलाई सामान्य अवस्थामा ल्याएर आउने भन्ने कुरा फिजियो थेरापीमा भरपर्छ। फिजियो थेरापी गर्दा जति प्रतिफल आउने हो। फिजियो थेरापी नगरेमा प्रतिफल प्राप्त हुँदैन। त्यसैले अर्थोस्कोपी सोसाइटी अफ नेपाल र नेपाल फिजियो थेरापी संघ मिलेर हामी एउटा प्रोटोकल बनाउँदैछौ। जसमा अर्थोस्कोपी सर्जरीपछि कति समयमा कस्तो फिजियो थेरापी गर्ने भन्ने कुरा समेटिनेछ।

कुनै पनि रोग डाक्टरले उपचार गरेर मात्रै निको हुँदैन। उपचार गरिसकेपछि विभिन्न कुरामा आफूले ख्याल गर्नुपर्ने हुन्छ।

जोर्नीको उपचारका लागि तपाईंको सुझाव के छ ?
कुनै पनि रोग डाक्टरले उपचार गरेर मात्रै निको हुँदैन। उपचार गरिसकेपछि विभिन्न कुराहरुमा आफूले ख्याल गर्नुपर्ने हुन्छ। त्यसैले अर्थोस्कोपी सर्जरी लगायत विभिन्न सर्जरी गर्दा छिटो सामान्य अवस्थामा फर्किन फिजियो थेरापी गर्नुपर्छ। त्यसले मात्र पुग्दैन खानपान लगायतका कुरामा पनि ध्यान दिनु आवश्यक छ।

डा. अमित जोशीसँगको कुराकानी :

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : २३ बजे

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या