‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’ « Khabarhub

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन् । 

नेपाल नेत्रज्योति सङ्घको आइतबार आयोजित ३०औँ केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि सङ्ख्यात्मक रुपमा जोखिम रहेको उनीहरूको भनाइ थियो । 

औसत आयु, रक्तचाप तथा मधुमेहका बिरामी बढेका कारण नेपालमा आँखाका बिरामी बढेको उल्लेख गर्दै उनीहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच अभिवृद्धि गर्न जोड दिए । 

नेपालको आँखा उपचार सेवा विश्वमै अब्बल रहेको जनाउँदै सभाका सहभागीले नेपाललाई आँखा उपचारको ‘हव’ बनाउन सकिने सम्भावना रहेको औँल्याए । 

सङ्घअन्तर्गत हाल अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत सन् २०२५ मा ३३ लाख ७८ हजार ४२ जनाले परीक्षण गरेका थिए भने दुई लाख ६६ हजार ४०१ को शल्यक्रिया गरिएको थियो ।

सभाको शुभारम्भ गर्दै कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले तीन तहको सरकारले आँखा उपचार सेवाका लागि पत्याएको र विश्वास जितेका संस्थाका रुपमा नेपाल नेत्रज्योति सङ्घ रहेको चर्चा गर्दै आगामी दिनमा संस्थाले ग्रामीण विपन्न जनताको आँखा उपचार सेवाको पहुँचमा ल्याउन थप काम गर्न आग्रह गरिन् । 

उनले भनिन्, ‘तीन तहका सरकारले आँखा उपचार सेवाका लागि लगानी बढाउनुपर्छ । यसका लागि सङ्घले पनि आफ्नो क्षमता विस्तार गर्नुपर्छ ।’

उनका अनुसार गत आवमा प्रदेश सरकारले सङ्घअन्तर्गत सञ्चालित अस्पताल तथा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमलाई २५ रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको थियो । 

रेसुङ्गा नगपालिकाका प्रमुख खिलध्वज पन्थीले आँखा उपचार सेवामा नगरपालिकाले पहिलो प्राथमिकता दिएको जानकारी दिँदै आर्थिक अभावका कारण मोतियाविन्दुलगायत अन्य उपचार सेवाको अभाव हुन नदिएको बताए ।

प्रा डा देवनारायण साहले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम बताए । सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव भरतबहादुर चन्दले वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

संस्थागत महासचिव प्रा डा पोखरेल सम्मानित

कार्यक्रममा सङ्घका संस्थापक महासचिव प्रा डा रामप्रसाद पोखरेललाई डा नन्द श्रेष्ठ अम्बिका श्रेष्ठ नेत्रज्योति सामाजिक सम्मान गरिएको थियो । नेपालमा आँखा उपचारको संस्थागत प्रादुर्भाव, उन्नयन र विकासमा योगदान पुर्‍याएबापत उनलाई सो सम्मान गरिएको हो ।

त्यस अवसरमा नेत्रज्योति विशिष्ट सम्मान रेसुङ्गा र गोरखा नगरपालिका, प्रा डा देवनारायण साह, प्रा डा रघुनन्दन व्याँजु, लायन्स क्बल इन्टरनेसनल मल्टिपल काउन्सिल ३२५, सञ्जय खेतान, कृष्णहरि सापकोटा, जापानी नागरिकद्वय प्रा डा ताकेसी नाइतो र डा जुनसुके अकुरालाई प्रदान गरियो । 

त्यसैगरी, लाइफटाइम एचिभमेन्ट अवार्डबाट श्यामकुमार पोखरेल, चक्रबहादुर सिंह, श्यामसुन्दर उदास, पदमनारायण चौधरी, प्रा डा दिलबहादुर क्षेत्री, वामदेव खनाल, नेत्रमणि लामिछाने र मायादेवी बज्राचार्यलाई सम्मान गरियो ।

नेत्रज्योति उत्कृष्ट जिल्ला शाखाका रुपमा सङ्खुवासभा, नेत्रज्योति उत्कृष्ट आँखा अस्पताल सम्मानबाट विराटनगर आँखा अस्पताल, नेत्रज्योति उत्कृष्ट आँखा उपचार केन्द्र सम्मानबाट कालीगण्डकी आँखा उपचार केन्द्र र नेत्रज्योति डा निकोल ग्रासेट सम्मानबाट डा पुष्पा गिरीलाई सम्मानित गरियो । 

कार्यक्रममा नेत्रज्योति सम्मान विन्दुसागर राजभण्डारी, शैलेन्द्रमान सिंह, कुमार पृथु, शालिकराम गौतम, मीना राई र देवबहादुर बुढाक्षेत्रीलाई सम्मान गरियो । रासस

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  २ : १७ बजे

काठमाडौं महानगरको स्वास्थ्य योजना : बाइक एम्बुलेन्सदेखि मानसिक स्वास्थ्य कल सेन्टरसम्म

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य

नयाँ पार्टीको तयारीमा धवल-दुर्गा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता धवलशमशेर राणा र

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी– जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको

काठमाडौँमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, मन्त्री पोखरेलले भने, ‘यमबुद्ध पार्क सोचेजस्तै बनेछ’

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकामा हुँदा आफूहरूले

बागमती मन्त्रिपरिषद् बैठक : मानव उद्धार पुनः स्थापन कार्यविधि स्वीकृत

मकवानपुर– बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार