खेलकुद

एफए कप : लिभरपुलसँग आर्सनल पराजित

By खबरहब

January 08, 2024

काठमाडौँ– एफए कप फुटबलमा लिभरपुलले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हराएको हो ।

लिभरपुलका लागि लुइस डिआजले एक गोल गरेका थिए । एक गोल भने आर्सनलबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८०औँ मिनेटमा आर्सनलका जाकुव विविओरले आत्मघाती गोल गरेपछि लिभरपुल १–० गोलले अगाडि बढेको थियो ।

त्यसपछि इन्जुरी समयको पाँचौ मिनेटमा डिआजले गोल गर्दै टोलीलाई २–० को जित दिलाएका थिए ।

यो जितसँगै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।