त्रिविले सच्यायो कार्यविधि, उपकुलपतिका लागि अर्को सूचना (कार्यविधिसहित) | Khabarhub Khabarhub

त्रिविले सच्यायो कार्यविधि, उपकुलपतिका लागि अर्को सूचना (कार्यविधिसहित)


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले उपकुलपति छनोट तथा सिफारिस सम्बधि कार्यविधि सच्याएको छ । खुला प्रतिस्पर्धा मार्फत उपकुलपति नियुक्त गर्ने गरी ल्याइएको कार्यविधिमा बाहिरका उम्मेदवारले प्रतिस्पर्धा गर्न नपाउने भएपछि त्यसको व्यापक विरोध भएको थियो ।

पुस २० गते दरखास्त आह्वान गरिएको सूचनामा विश्वविद्यालयको पदाधिकारी मध्य कुनै एक पदमा तीन वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएपछि यसको विरोध भएको थियो ।

यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।

आज प्रकाशित भएको दोस्रो सूचनामा उपकुलपतिका लागि इच्छुक र योग्य व्यक्तिबाट ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम १५ दिनभित्र दरखास्त दिन भनिएको छ ।

हेर्नुहोस कार्यविधि

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : ०४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’