पोखरामा जलपक्षी गणना « Khabarhub

पोखरामा जलपक्षी गणना


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पन्छीको गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपक्षीकोअवस्था, हिउँदे आगन्तुक जलपक्षीको तथ्यांक संकलन गर्ने उद्देश्यले पन्छी गणना गरिने भएको हो ।

पानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपक्षीको  सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्ता लगाइ स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपन्छी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवं पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार नेपालमा सन् १९८७ देखि जलपन्छी गणना सुरु गरिएको हो । 

सन् २००४ देखि पोखरा उपत्यकामा टाइगर माउन्टेन पोखरा लजको अगुवाइमा जलपन्छी गणना गरिँदै आइएकामा सन् २००७ देखि पथप्रदर्शकको सहभागितामा नेपाल पन्छी संरक्षण सङ्घअन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थी र सन् २०१५ देखि पोखरा पन्छी समाजको प्रत्यक्ष संलग्नता गणना थालिएको घिमिरेले बताए ।

उपत्यकाले जलपन्छी गणनाको २०औँ वर्षमा प्रवेश गरेको भन्दै पछिल्लो समय जलपक्षीको सङ्ख्या तथा प्रजातिमा धेरै हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताए। उनका अनुसार विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पक्षीमध्ये १३ जलपन्छी रहेका छन् । 

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दाबढी स्थानमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपक्षीको गणना गरिने एशियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधि डा हेमसागर बरालले जानकारी दिए ।

पोखरा उपत्यकामा गरिने गणना पुस २५ गते कमलपोखरी, विजयपुर खोला, गुँदे, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, बेगनाशरुपाताल गरिने र २६ गते फेवाताल र सिमसार क्षेत्रमा गरिने समाजका अध्यक्ष घिमिरेले बताए । 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : १६ बजे

खामेनीको अन्त्येष्टिबीच अमेरिका–इरानबीच फेरि सैन्य आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच सैन्य आक्रमणको श्रृङ्खला जारी रहँदा, इरानका दिवंगत

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६