३८औं दिनमा पनि एनिमलको व्यापार सुखद  « Khabarhub

३८औं दिनमा पनि एनिमलको व्यापार सुखद 


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२३ को अन्त्यमा तीन फिल्म एनिमल, डंकीसलार प्रदर्शनमा आए । डिसेम्बर १ बाट प्रदर्शनमा आएको एनिमल रणवीरको जीवनकै सबैभन्दा हिट चलचित्र बन्यो । प्रदर्शनमा आएको ३८ औं दिनमा यो फिल्मको सिनेमा घरबाट बाहिरिएको छैन । 

त्यस्तै डिसेम्बर २१ बाट प्रदर्शनमा आएको शाहरुख खानको डंकी सन् २०२३ को तेस्रो फिल्म हो ।  यो फिल्मले ‘माउथ पब्लिसिटी’ मात्र राम्रो पाएको छैन, व्यापार पनि राम्रो गरेको छ । त्यस्तै प्रभासको मुख्य भूमिका रहेको सलारले सुरुवाती दिनदेखि नै आक्रामक व्यापार गर्दै आएको छ । 

३८ दिनमा एनिमल

सन्दीप भंगाको निर्देशन रहेको एनिमल ५०० करोड क्लबमा प्रवेश गरेको रणवीरको पहिलो फिल्म हो । बुबा–छोराको प्रेममा आधारित यस फिल्ममा भरपुर एक्सन देख्न सकिन्छ । 

ट्रेड एक्सपर्टकाअनुसार प्रदर्शनमा आएको ३८ औं दिनमा यो फिल्मले हिन्दी भाषामा ४५ लाख भारुको व्यापार गरेको छ । यससँगै यो फिल्मले ५५० करोड भारुको व्यापार गरेको छ । डंकीसलारको तुफानी व्यापारमा पनि एनिमलले दर्शकको साथ पाइरहेको छ । 

१८ दिनमा डंकी 

राजकुमार हिरानीको निर्देशनमा रहेको डंकी शाहरुखको सन् २०२३ को तेस्रो फिल्म हो । डंकी विश्व बजारमा समेत सफल फिल्म हो । गौर कानुनी आप्रवासनमा आधारित यो पारिवारिक ड्रामाले भरिपूर्ण छ । 

१८ औं दिनमा यो फिल्मले हिन्दी भाषामा २५ लाखको व्यापार गरेको छ । त्यस्तै फिल्मले अहिलेसम्म २१६ करोड भारुको व्यापार गरेको छ । 

प्रभासको सलारसँग जुधेको यो फिल्मले दर्शकबाट राम्रो साथ पाएको छ । 

सलार 
दुई मिल्ने साथी कट्टर दुस्मन भएको कथामा आधारित सलारको निर्देशक प्रशान्त निल हुन् । फिल्म प्रभासको मुख्य भूमिका रहेको छ भने पृथ्वीराज सुकुमारन महत्त्वपूर्ण भूमिकामा देखिन्छन् । 

यो फिल्मले सबै भाषामा पहिलो साता ३०८ करोडको आक्रामक व्यापार गरेको थियो । यसको प्रभाव शाहरुखको डंकीलाई समेत परेको थियो । 

त्यस्तै यो फिल्मले प्रदर्शनमा आएको १७ औं दिनमा पनि ७५ लाख भारुको गरेको छ । यो फिल्मको अहिलेसम्म हिन्दी भाषामा मात्रै ३९२ करोडको व्यापार गरेको छ । 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : ५८ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा