३८औं दिनमा पनि एनिमलको व्यापार सुखद  « Khabarhub

३८औं दिनमा पनि एनिमलको व्यापार सुखद 


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२३ को अन्त्यमा तीन फिल्म एनिमल, डंकी र सलार प्रदर्शनमा आए । डिसेम्बर १ बाट प्रदर्शनमा आएको एनिमल रणवीरको जीवनकै सबैभन्दा हिट चलचित्र बन्यो । प्रदर्शनमा आएको ३८ औं दिनमा यो फिल्मको सिनेमा घरबाट बाहिरिएको छैन । 

त्यस्तै डिसेम्बर २१ बाट प्रदर्शनमा आएको शाहरुख खानको डंकी सन् २०२३ को तेस्रो फिल्म हो ।  यो फिल्मले ‘माउथ पब्लिसिटी’ मात्र राम्रो पाएको छैन, व्यापार पनि राम्रो गरेको छ । त्यस्तै प्रभासको मुख्य भूमिका रहेको सलारले सुरुवाती दिनदेखि नै आक्रामक व्यापार गर्दै आएको छ । 

३८ दिनमा एनिमल

सन्दीप भंगाको निर्देशन रहेको एनिमल ५०० करोड क्लबमा प्रवेश गरेको रणवीरको पहिलो फिल्म हो । बुबा–छोराको प्रेममा आधारित यस फिल्ममा भरपुर एक्सन देख्न सकिन्छ । 

ट्रेड एक्सपर्टकाअनुसार प्रदर्शनमा आएको ३८ औं दिनमा यो फिल्मले हिन्दी भाषामा ४५ लाख भारुको व्यापार गरेको छ । यससँगै यो फिल्मले ५५० करोड भारुको व्यापार गरेको छ । डंकी र सलारको तुफानी व्यापारमा पनि एनिमलले दर्शकको साथ पाइरहेको छ । 

१८ दिनमा डंकी 

राजकुमार हिरानीको निर्देशनमा रहेको डंकी शाहरुखको सन् २०२३ को तेस्रो फिल्म हो । डंकी विश्व बजारमा समेत सफल फिल्म हो । गौर कानुनी आप्रवासनमा आधारित यो पारिवारिक ड्रामाले भरिपूर्ण छ । 

१८ औं दिनमा यो फिल्मले हिन्दी भाषामा २५ लाखको व्यापार गरेको छ । त्यस्तै फिल्मले अहिलेसम्म २१६ करोड भारुको व्यापार गरेको छ । 

प्रभासको सलारसँग जुधेको यो फिल्मले दर्शकबाट राम्रो साथ पाएको छ । 

सलार 
दुई मिल्ने साथी कट्टर दुस्मन भएको कथामा आधारित सलारको निर्देशक प्रशान्त निल हुन् । फिल्म प्रभासको मुख्य भूमिका रहेको छ भने पृथ्वीराज सुकुमारन महत्त्वपूर्ण भूमिकामा देखिन्छन् । 

यो फिल्मले सबै भाषामा पहिलो साता ३०८ करोडको आक्रामक व्यापार गरेको थियो । यसको प्रभाव शाहरुखको डंकीलाई समेत परेको थियो । 

त्यस्तै यो फिल्मले प्रदर्शनमा आएको १७ औं दिनमा पनि ७५ लाख भारुको गरेको छ । यो फिल्मको अहिलेसम्म हिन्दी भाषामा मात्रै ३९२ करोडको व्यापार गरेको छ । 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : ५८ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ