चिसो बढेपछि विद्यालय बन्द « Khabarhub

चिसो बढेपछि विद्यालय बन्द


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगञ्ज महानगरपालिकाको आग्रहमा आजदेखि एक साताका लागि विद्यालय बन्द गरिएको छ  । हुस्सु र शीतलहरका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएकाले महानगरपालिकाले आजदेखि माघ १ गतेसम्म महागरभित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन लगाएको हो । 

महानगरपालिकाको शिक्षा समितिको हिजो बसेको बैठकले पुस २३ गतेदेखि माघ १ गतेसम्म महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको शिक्षा अधिकृत हरि राउतले जानकारी दिए। कतिपय संस्थागत विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले त्यस्ता विद्यालयलाई परीक्षा सकिएपछि बिदा दिने निर्णय भएको उनको भनाइ थियो ।

यसैबीच एक्कासि बढेको शीतलहर र चिसोका कारण पर्साको जनजीवनमा असर पर्नाका साथै अस्पतालमा बिरामीको चाप बढेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण  रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी अस्पतालमा  बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनायो । 

दूधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् ।  चिसो बढेकाले सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ ।

चिसोले बिरामी भएका दैनिक करिब ३० देखि ३५ जनासम्म उपचारका लागि आउने गरेको नारायणी अस्पतालका सूचना अधिकारी उदयनारायण सिंहले जानकारी दिए । दैनिक बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्याको अभावमा बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : ०१ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ