सहकारी पीडितको समस्या सम्बोधनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन  | Khabarhub Khabarhub

सहकारी पीडितको समस्या सम्बोधनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन 


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । 

सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले भने, ‘सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने रु त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस् ।’

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्नेगरी निर्णय गरेर जानुपर्ने बताए । 

बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सहकारीको समस्या सम्बोधन गर्न सहकारीको नियमन गर्न निक्षेप कोषको कानुनी प्रबन्धलाई व्यवहारिक रूप दिन आवश्यक रहेको बताए ।  

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : ३२ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व निमोनिया दिवस मनाइँदै

काठमाडौं– निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने

मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी

मनाङ– हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ

परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिँदै

बाँके– बाँके र बर्दियाका बासिन्दा आवतजावत गर्ने परसपुर–गौघाट सडक स्तरोन्नतिले

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा

काठमाडौं – गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको