जब मेनुकाले बीचमै गीत रोकिन्… « Khabarhub

जब मेनुकाले बीचमै गीत रोकिन्…


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेनुका पौडेल इन्डियन आइडलको अन्तिम ११ मा प्रवेश गरेकी छन् । 

मेकनुकाले पछिल्लो एपिसोडमा पहिलाको जस्तो प्रस्तुति दिन सकिनन् । उनले गाउँदा-गाउँदै मुटुको चाल बढेको भन्दै गीत बीचमै रोकेकी थिइन् । 

मेनुकालाई जज र अतिथिका रुपमा इन्डियन आइडलको सेटमा पुगेका बलिउड नायक सञ्जय दत्तले हौसला दिएका थिए ।

सञ्जयले मञ्चमा पुगेर मेनुकालाई अंकमाल गर्दै भनेका थिए, ‘जे भए पनि तिमी अघि बढ्दै जानुपर्छ । तिमीले अवरोधहरू हटाउँदै जानुपर्छ ।’ 

उनले पानी पिइन् र चिकित्सकले मुटुको चाल र रक्तचाप जाँचेपछि उनले पुनः गीत गाएकी थिइन् । 

उपाधि विजेताका रुपमा हेरिएकी मेनुका भोटका आधारमा ‘बटम ४’ मा परेकी छन् । अर्थात् उनलाई भोट कम आएको छ । उनीभन्दा धेरै भोट ल्याएका सात प्रतिस्पर्धी टप ११ मा छन् । 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ६ : ०६ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा