चोरीको मोटरसाइकलसहित एक जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरबाट मोटरसाइकलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

बेल्डाँडी गाउँपालिका–१ सिद्धचोकका २१ वर्षीय प्रशान्त सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई से५प ६३९७ नम्बरको मोटरसाइकलसहित आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धामीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ।

प्रहरीका अनुसार यही पुष १९ गते बेलडाँडी–२ स्थित साना किसान कृषि सहकारी संस्था अगाडि पार्किङ गरी राखेको बेलडाँडी–३ सिमलडाँडीका खुसीराम चौधरीको मोटरसाइकल चोरीको आरोपमा उनलाई पक्राउ गरेको हो। उक्त मोटरसाइकल पुस १९ गते चोरी भएको थियो।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ६ : ५० बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक