राष्ट्रिय सभाको टिकट वितरण न्यायोचित भएन : कोइराला « Khabarhub

राष्ट्रिय सभाको टिकट वितरण न्यायोचित भएन : कोइराला


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीभित्र न्यायोचित टिकट वितरण नभएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत कोइरालाले न्यायोचित टिकट वितरण गर्न पार्टी निणर्य असमर्थ रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘ न्यायोचित टिकट बितरण गर्न असमर्थ पार्टी निणर्यमा मैले गल्ती–कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरुको सल्लाह र सुझावबाट भबिष्यमा अगाडी बढ्ने प्रण गर्दछु । मेरो अभियान पार्टीमा अवसरको न्यायोचित बितरण होस् भन्ने नै हो ।’

साथै उनले पार्टीबाट छानिएका उमेदवारलाई जिताउन आग्रह गरेका छन् । उम्मेदवार चयन प्रक्रिया सहज नभएको भन्दै कोइरालाले सिमित सिटका कारण पार्टीका सक्षम नेताहरुलाई न्याय गर्न चाहेर पनि सम्भव नभएको उल्लेख गरेका छन् ।

‘सत्ता गठबन्धनमा आवद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराउनु भएका सबैलाई जिताउनु पर्ने अभिभारा पनि हामीसँग छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन । कांग्रेस जस्तो लामो ईतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरुको सुची लामो थियो । यसर्थ सिमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन’ उनले लेखेका छन् ।

यस्तै कोइरालाले सत्ता गठबन्धनमा आवद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराएका सबै उम्मेदवारलाई जिताउनु पर्ने बताएका छन् ।  सत्ता गठबन्धनबाट कांग्रेसले प्राप्त गरेको १० सिटमध्ये कोइराला पक्षले तीन सिट प्राप्त गरेको थियो ।

यो पनि…

राष्ट्रियसभा उम्मेद्वार चयनमा कांग्रेस महामन्त्री थापाको फरक मत के हो ?

कांग्रेस संसदीय बोर्डमा महामन्त्री शर्माको ६ बुँदे विमति

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ४३ बजे

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले

कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न 

काठमाडाैँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय

दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको

बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

बिराटनगर– बिराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि

भत्काउन थालियो जेन-जी आन्दोलनमा खण्डहर बनेको पोखरा महानगरको भवन (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा ध्वस्त भएको पोखरा महानगरपालिकाको भवन भत्काउन