चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने बागमती सरकारको तयारी « Khabarhub

चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने बागमती सरकारको तयारी


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताएका छन् ।

राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले जनताको पक्षमा बोल्ने र लड्ने व्यवस्था गणतन्त्रकै कारण सम्भव भएको समेत उल्लेख गरे। प्रदेश सरकारकाले चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रमको कार्यविधि पास गरेर अगाडि बढाएको भन्दै उनले माघभित्र चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बताए ।

मुख्यमन्त्री जमकट्टेलले प्रदेशका ८५ वटा पालिकामा पकेट क्षेत्र घोषणा गरेर प्रदेश सरकार अगाडि बढेको बताउँदै चिउरी, चेपाङ र चमेरो कार्यक्रममा पालिकालाई सहकार्य गर्न आग्रह गरे । हरेक क्षेत्रमा मिलेर काम गर्न सके सपना साकार पूरा हुने बताउँदै उनले पालिकास्तरबाट योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय जनप्रतिनिधिहरु नै निराशा पोखेर हिँडन थालेको बताउँदै उनले आशावादी भएर काम गर्न सके गणतन्त्रको रक्षा हुने धारणा राखे । अहिले नै व्यवस्था परिवर्तनको गफ गर्नुभन्दा पनि जनताका बीचमा विकास निर्माणका काम गर्नुपर्ने उनले बताए ।

विकट मानिने राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्ने खालको काम गर्न पालिकासँग प्रदेश सरकार पनि हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

त्यस अवसरमा नेकपा ९एमाले०का संसदीय दलका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले राक्सिराङ गाउँपालिकामा शिक्षा गुणस्तर वृद्धिमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रलाई पालिकास्तरबाट प्रोत्साहन गर्न सके शिक्षामा रुपान्तरण हुन समय नलाग्ने उनको भनाइ थियो ।

बागमती प्रदेशका प्रदेश सदस्य इन्द्र बानियाँले सडक नै विकासको मूल आधार भएको बताउँदै सबै जनप्रतिनिधि मिलेर जनताको काम गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, ओम ग्लानलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विकट गाउँको विकासमा मुख्यमन्त्रीलगायत आफ्ना क्षेत्रका जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : ४८ बजे

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार