भ्यालेन्टाइन अन्तर्गत आज ‘प्रपोज डे’ « Khabarhub

भ्यालेन्टाइन अन्तर्गत आज ‘प्रपोज डे’


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले ‘भ्यालेन्टाइन वीक चलिरहेको छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेन्टाइन विकको पहिलो दिन बुधबार रोज डे मनाइएर मनाइएको छ । यस दिन विवाहित तथा अविवाहित जोडीले एकआपसमा गुलाब दिएर प्रेम अभिव्यक्त गरेका छन् ।

यस्तै ८ फेब्रुअरीको दिन प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन हो । आजको दिनमा आफूले मन पराएको मान्छेलाई प्रेमका लागि खुलेर प्रस्ताव राखिन्छ ।

यसरी राख्नुहोस् प्रेमी वा प्रेमिकालाई प्रस्ताव

१. प्रस्ताव गर्ने तरिका सोचिराख्नुस् : सबै भन्दा पहिला आफ्नो मान्छेलाई कसरी र कहाँ प्रस्ताव राख्ने भनेर पहिला नै योजना बनाउनुहोस् । प्रस्ताव राख्न हतार पनि नगर्नुहोस् । युवतीलाई महँगा उपहारले भन्दा पनि विशेष महसुस गराउँदा धेरै खुसी हुने गर्छन्  र  रोमान्टिक वातावरणको सिर्जना गर्नुहोस् ।

२. स्थानको छनोटमा ध्यान दिनुहोस् : आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेम प्रस्ताव राख्नको लागि उपयुक्त स्थान जहाँ तपाईँका यादहरू जोडिएका हुन्, यस्तो स्थान जहाँ भिडभाड नभएको र वातावरण शान्त होस् । त्यो ठाउँमा रहँदा तपाईँलाई कुनै पुरानो सम्झनाले रमाइलो महसुस गराओस् । आफ्ना कुराहरू आनन्दले राख्न सक्ने स्थान छनोट गर्नुहोस् ।  

३. आफ्नो लुक्समा ध्यान दिनुस् : आफूले लगाउने कपडा र सुहाउँदो जुत्तामा ध्यान दिनुहोस् । आफूलाई परफेक्ट देखिने खालका कपडा लगाउनुहोस् र पर्फ्युमको प्रयोग गर्नुहोस् ।

 ४. तपाइको महिला साथीलाई यस्तो ठाउँमा लानुहोस् जहाँ तपाईँहरू एक्लै रमाउन पाउनुहुन्छ र त्यस्तो मौकामा केही राम्रा उपहारहरू दिएर आफूतर्फ आकर्षित गर्नुहोस् ।

यो दिन रोमान्टिक प्रस्तावहरूको सौन्दर्य मनाउन चिह्न स्वरुप प्रस्ताव राखेर मनाइन्छ । प्रेमका प्रस्तावहरू हरेक दम्पतीको जीवनमा धेरै काल्पनिक र अद्वितीय क्षण हुन् ।

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ६ : ३४ बजे

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी

 काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले

राष्ट्रपति पुटिनको चीन भ्रमण कार्यक्रम सार्वजनिक

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको  चीनको दुई दिने भ्रमणको  कार्यक्रम

जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व संकलन

राँझा– बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई