एएफसी एसियन कप : इरानलाई हराउँदै कतार फाइनलमा « Khabarhub

एएफसी एसियन कप : इरानलाई हराउँदै कतार फाइनलमा


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा इरानलाई हराउँदै आयोजक कतार फाइनलमा प्रवेश गरेको छ ।

गएराति दोहास्थित अल थुमामा रंगशालामा भएको खेलमा इरानलाई ३–२ गोलले हराउँदै कतार उपाधि नजिक पुगेको हो ।

खेलको चौथो मिनेटै इरानका सरदार अजमोनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

खेलको १७औँ मिनेटमा कतारका जेसिम गाबेर अब्दुलसालमले १ गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । यस्तै अक्रम अफिफले ४३औँ मिनेटमा गोल गर्दै इरानलाई २–१ गोलले अघि बढाए ।

त्यसपछि ५१औँ मिनेटमा इरानका अलिरेजा जाहानबाक्सले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर ८२औँ मिनेटमा अल्मोज अली जाइले गोल गर्दै कतारलाई जित दिलाए ।

अब उपाधिका लागि कतारले जोर्डनसँग खेल्नेछ ।

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ७ : १५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले