द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘शहीद विद्यालय’ | Khabarhub Khabarhub

द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘शहीद विद्यालय’


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको तुलसीपुर– १७ जनकट्टास्थित शहीद स्मृति आवासीय विद्यालयमा ६ सय ४५ विद्यार्थी अध्ययनरत छन् ।  तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका शहीद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ । यति मात्रै होइन, पालनपोषण पनि त्यही नै गरिन्छ । त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्यम बनेको छ ।

आफू सात महिना हुँदा बुबा सहिद भएपछि टुहुरो भएका रोल्पा सुनछहारीका पर्शुराम रोकाले विज्ञान विषय लिएर कक्षा १२ सम्म सोही विद्यालयमा पढे ।

बुबा शहीद भएपछि टुहुरो भएका रोकालाई आमाले जसोतसो गाउँमै कक्षा ८ सम्म पढाइन् । यसपछि शहीद स्कुलमा कक्षा ९ देखि पढ्न आए । ‘मलाई यो विद्यालयका बारेमा थाहा थिएन, यहाँ बस्ने दिदीले भनेपछि  मात्रै थाहा भयो र यहाँ आएँ’, उनले भने, ‘मैले रोल्पाबाटै कक्षा ८ पास गरे पनि यहाँ अङ्ग्रेजी माध्यम भएकाले  पुनः ८ मा नै भर्ना भएर पढेँ ।’

यहाँ आएपछि बुबा, आमाको माया पाएजस्तो अनुभूति भएको उनले बताए । शिक्षकलाई बुबाजस्तै, खाना पकाउने दिदीलाई आमा, बुबाजस्तै र त्यहाँ पढ्ने  विद्यार्थीलाई दाजुभाइजस्तै लाग्ने गरेको उनी बताउँछन् । ‘बुबा भनेको बुबा नै हो, बुबाको जस्तो माया त कहाँ पाइन्छ होला र ?’, उनले  भने, ‘तर, यहाँ पाएपछि बुबाआमाको माया पाएजस्तै भएको छ, दाजुभाइसँग भेट भएको महसुस भएको छ ।’

यहाँ सबै सहिद, बेपत्ता, घाइतेका छोराछोरी भेट्दा मनका कुरा हुन्छन्, खुसी लाग्ने गरेको उनले बताए ।

त्यस्तै सोही विद्यालयमा द्वन्द्वपीडित अञ्जना दहितले पनि १२ पढी सकिन् । उनले पनि विद्यालयमा विभिन्न १६ जिल्लाका द्वन्द्वपीडित अध्ययनरत विद्यार्थीबीच भावना साटासाट हुने गरेको बताइन् । ‘पढाइ त छँदैछ, यो विद्यालय हाम्रो भावना साट्ने थलो बनेको छ’, उनले भनिन्, ‘सबैका मनका कुरा सुन्दा खुसी लाग्छ ।’

उनका बुबाले तीन–चार वर्ष जनयुद्धका क्रममा जेल जीवन बिताएका थिए । उनीहरु जस्तै अहिले विद्यालयमा ६ सय ४५ द्वन्द्वपीडित आवासीय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म पढाइ हुन्छ ।

विसं २०६६ मा जनकल्याण मावि दुधराससँग सहकार्य गरी उक्त विद्यालय सञ्चालनमा आएको हो । सोही विद्यालयमा आवासीय र शैक्षिक कार्यक्रमका लागि सरकारले अनुदान रकम उपलब्ध गराउने गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ९ : १४ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः