विश्वयुद्धमा वीरगती प्राप्त गोर्खालीको सम्मानमा गोर्खा ट्रेल व्लेजर | Khabarhub Khabarhub

विश्वयुद्धमा वीरगती प्राप्त गोर्खालीको सम्मानमा गोर्खा ट्रेल व्लेजर



सुनसरी– पहिलो र दोस्रो विश्वयुद्धमा वीरगती प्राप्त गरेको गोर्खालीको सम्मानमा गोर्खा सिमेट्रीज ट्रस्ट नेपालको आयोजनामा आगामी चैत ३ गते (मार्च १६) गोर्खा ट्रेल ब्लेजरको दोस्रो संस्करण हुने भएको छ । ट्रेल ब्लेजरमा स्वदेश र विदेशका गरी करिब ५ सय धावक दौडने छन् । धावकहरुले साढे ८ किमी ५ सय मिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् ।

पहिलो र दोस्रो विश्वयुद्ध र त्यसपछिका अनेक युद्धमा सहभागी भएर वीरगती प्राप्त गरेका गोर्खाली वीरहरुको सम्मानमा गोर्खा सिमेट्रीज ट्रस्टले नेपालमा गतबर्षदेखि गोर्खा ट्रेल व्लेजर आयोजना गर्दै आएको छ । हङकङ्मा भने गोर्खा ट्रेल व्लेजर त्यहाँको सरकारले सूचीकृत गरेकाले सन २०१८ देखि निरन्तर आयोजना हुँदै आएको छ ।

ट्रस्टका नेपालका अध्यक्ष महेन्द्र राईकाअनुसार धरान–१८ स्थित रत्नचोकबाट सुरु भएर मंगलबारे चोक हुँदै सर्दु खोलाको नयाँ पुल भएर विष्णुपादुकास्थित व्रिटिश गोर्खा स्मृति पार्कमा समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का निर्देशक समेत रहेका वरिष्ठ कराँते प्रशिक्षक राईले भने, ‘दौडमा सहभागी महिला र पुरुषअन्तर्गत प्रथम, द्वितीय, तृतीय, र चतुर्थ हुनेलाई क्रमश नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।’

उनकाअनुसार उक्त अवसरमा विश्वयुद्ध लडेका जीवित रहेका मध्ये चार जना गोर्खा योद्धाहरूलाई अभिनन्दन पनि गरिने छ । यस बर्ष अभिनन्दित हुने योद्धाहरुमा खोटाङ जन्तेढुङ्गाका ९९ वर्षीय डम्बरसिंह सुक्तिहाङ राई, तेह्रथुम फेदापका १०१ वर्षीय बमबहादुर निङ्लेकु लिम्बू, झापा बाह्रदशीका १०३ वर्षीय डम्बरध्वज लिन्बू र भोजपुर टेम्के मयुङका १०१ वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।

गत वर्ष दोस्रो विश्वयुद्धका जीवित साक्षी आर्मि नम्बर १० गोर्खा राइफल २११४१५४६ भएका ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई, १० गोर्खा राइफल १०९२१४४ भएका तेह्रथुम घर भई धरान–११ का  १०१ वर्षीय धनदल लिम्बू र १ गोर्खा राइफल आइए १५९२१ भएका संखुवासभा घर भई विराटनगरका १०१ वर्षीय मानबहादुर लिम्बूलाई अभिनन्दन गरिएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ११ : ५८ बजे

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक