विश्वयुद्धमा वीरगती प्राप्त गोर्खालीको सम्मानमा गोर्खा ट्रेल व्लेजर « Khabarhub

विश्वयुद्धमा वीरगती प्राप्त गोर्खालीको सम्मानमा गोर्खा ट्रेल व्लेजर



सुनसरी– पहिलो र दोस्रो विश्वयुद्धमा वीरगती प्राप्त गरेको गोर्खालीको सम्मानमा गोर्खा सिमेट्रीज ट्रस्ट नेपालको आयोजनामा आगामी चैत ३ गते (मार्च १६) गोर्खा ट्रेल ब्लेजरको दोस्रो संस्करण हुने भएको छ । ट्रेल ब्लेजरमा स्वदेश र विदेशका गरी करिब ५ सय धावक दौडने छन् । धावकहरुले साढे ८ किमी ५ सय मिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् ।

पहिलो र दोस्रो विश्वयुद्ध र त्यसपछिका अनेक युद्धमा सहभागी भएर वीरगती प्राप्त गरेका गोर्खाली वीरहरुको सम्मानमा गोर्खा सिमेट्रीज ट्रस्टले नेपालमा गतबर्षदेखि गोर्खा ट्रेल व्लेजर आयोजना गर्दै आएको छ । हङकङ्मा भने गोर्खा ट्रेल व्लेजर त्यहाँको सरकारले सूचीकृत गरेकाले सन २०१८ देखि निरन्तर आयोजना हुँदै आएको छ ।

ट्रस्टका नेपालका अध्यक्ष महेन्द्र राईकाअनुसार धरान–१८ स्थित रत्नचोकबाट सुरु भएर मंगलबारे चोक हुँदै सर्दु खोलाको नयाँ पुल भएर विष्णुपादुकास्थित व्रिटिश गोर्खा स्मृति पार्कमा समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का निर्देशक समेत रहेका वरिष्ठ कराँते प्रशिक्षक राईले भने, ‘दौडमा सहभागी महिला र पुरुषअन्तर्गत प्रथम, द्वितीय, तृतीय, र चतुर्थ हुनेलाई क्रमश नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।’

उनकाअनुसार उक्त अवसरमा विश्वयुद्ध लडेका जीवित रहेका मध्ये चार जना गोर्खा योद्धाहरूलाई अभिनन्दन पनि गरिने छ । यस बर्ष अभिनन्दित हुने योद्धाहरुमा खोटाङ जन्तेढुङ्गाका ९९ वर्षीय डम्बरसिंह सुक्तिहाङ राई, तेह्रथुम फेदापका १०१ वर्षीय बमबहादुर निङ्लेकु लिम्बू, झापा बाह्रदशीका १०३ वर्षीय डम्बरध्वज लिन्बू र भोजपुर टेम्के मयुङका १०१ वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।

गत वर्ष दोस्रो विश्वयुद्धका जीवित साक्षी आर्मि नम्बर १० गोर्खा राइफल २११४१५४६ भएका ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई, १० गोर्खा राइफल १०९२१४४ भएका तेह्रथुम घर भई धरान–११ का  १०१ वर्षीय धनदल लिम्बू र १ गोर्खा राइफल आइए १५९२१ भएका संखुवासभा घर भई विराटनगरका १०१ वर्षीय मानबहादुर लिम्बूलाई अभिनन्दन गरिएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ११ : ५८ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि