यातायात मजदुरका छोराछोरीका लागि छात्रवृति कोष स्थापना  « Khabarhub

यातायात मजदुरका छोराछोरीका लागि छात्रवृति कोष स्थापना 


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीले यातायात मजदुर तथा मजदुरका छोराछोरीका लागि सम्मान तथा छात्रवृति कोषको स्थापना गरेको छ ।

बुधबार तुलसीपुरमा सम्पन्न बैठकले ३ लाख रकम विनियोजन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन यातायात श्रमिक सम्मान तथा छात्रवृति कोषको स्थापना गरेको हो । 

विनियोजित रकमलाई बैंकमा फिक्स डिपोजिटमा राखेर त्यसबाट प्राप्त व्याजबाट तीनवटा शीर्षकमा पुरस्कृत र सम्मान गर्नेगरी कोष स्थापना गरिएको हो । 

ब्याजबाट प्राप्त रकमबाट पुराना, इमानदार र अनुशासित मजदुरहरूलाई सम्मान गर्ने, यातायात मजदुरका छोराछोरीलाई शिक्षामा सहयोग तथा पुरस्कृत गर्ने र मजदुरका काममा निरन्तर काम गर्ने कुशल सङ्गठनलाई सम्मान गर्ने संगठन दाङका अध्यक्ष दीपक बुढाथोकीले बताए । 

बैठकका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले संगठन केन्द्रीय कमिटीले पास गरेको कोषको विनियमका बारेमा प्रस्तुत गर्दै प्रस्ताव कोष स्थापनाका लागि प्रस्ताव गरेपछि जिल्ला कमिटीले कोषका लागि रकम विनियोजन गरिएको अध्यक्ष बुढाथोकीले बताए। कोषलाई क्रमशः बढाउँदै लगिने र  धेरै यातायात मजदुरहरूलाई यसको दायरामा ल्याइने अध्यक्ष बुढाथोकीले बताए।  

साथै बैठकले यातायात श्रमिकहरूले काम गर्ने ठाँउमै पुगेर काम गर्ने उद्देश्य सहित संगठन विस्तार र परिचालन योजना बनाएको छ ।

 चैतसम्म निर्माण गरिएको योजनामा ४ सय यातायात मजदुरमाझ पुग्ने लक्ष्य सहित तुलसीपुर, घोराही र लमही बसपार्कमा सदस्यता वितरण र नवीकरणका लागि शिविर सञ्चालन गर्ने, बसपार्कमा सडक सुरक्षा सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम तय गरिएको संगठनका केन्द्रीय महासचिव खगेन्द्रबहादुर ओलीले जानकारी दिए । 

बैठकमा संगठन केन्द्रीय कमिटी उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर गैरे, संगठनका महासचिव केशव थापा, केन्द्रीय सदस्य छत्रबहादुर योगी तथा प्रदेश अध्यक्ष मोहन केसी लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १२ : १४ बजे

राष्ट्रपति भन्छन् : देशको आर्थिक अनुशासन खस्किएको महसुस भएको छ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम

नीति तथा कार्यक्रम पास भएपछि प्रधानमन्त्रीले बोलाए अर्थमन्त्रीलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको नीति

केपीकै शैलीमा शक्ति थुपार्दै बालेन, अन्तरिम सरकारले फर्काएको गुप्तचर विभाग आफैंतिर ताने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका पछिल्ला गतिविधि नेकपाकालमा शक्तिशाली प्रधानमन्त्री बनेका

हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौं– लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४००

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय

काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा.