मध्यक्रमका ब्याटर नचल्दा नेपालले क्यानडालाई दियो मध्यम लक्ष्य « Khabarhub

मध्यक्रमका ब्याटर नचल्दा नेपालले क्यानडालाई दियो मध्यम लक्ष्य


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले मध्यम लक्ष्य दिएको छ । मध्यक्रमका ब्याटसम्यान नचलेको खेलमा नेपालले क्यानडालाई २२५ रनको विजयी लक्ष्य दिएको हो । नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनायो ।

४८ रनमा पहिलो विकेट गुमाएको नेपालका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो साझेदारी गर्न सकेनन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दा अरु ब्याटरले रन बनाउन सकेनन् ।

एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे ।

आसिफ शेख ८ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी बनाउन सकेनन् । भीम सार्की १७ रनमा आउट हुँदा कुशल मल्लले पनि २० रन मात्र बनाउन सके ।

आरिफ शेख ३८ रनमा आउट हुँदा पवन सर्राफ १५ रनमा पभेलिएन फर्किए । दोस्रो उच्च स्कोर बनाएका आरिफले ५० बलमा ४ चौका प्रहार गरे । २३ बलमा २ छक्का र १ चौका हानेका सोमपाल कामी २७ रनमा आउट भए । रिजन ढकाल ४ रनमा आउट हुँदा सूर्य तामाङ  १० रनमा नटआउट रहे ।

क्यानडाका उदय भगवानले ३ र सादबीन जफारले २ विकेट लिए । इश्वरजत सोही, साहिद अहमादजाइ र हर्स थाकिरले समान एक/एक विकेट लिए ।

नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १ : ०० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र