मध्यक्रमका ब्याटर नचल्दा नेपालले क्यानडालाई दियो मध्यम लक्ष्य « Khabarhub

मध्यक्रमका ब्याटर नचल्दा नेपालले क्यानडालाई दियो मध्यम लक्ष्य


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले मध्यम लक्ष्य दिएको छ । मध्यक्रमका ब्याटसम्यान नचलेको खेलमा नेपालले क्यानडालाई २२५ रनको विजयी लक्ष्य दिएको हो । नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनायो ।

४८ रनमा पहिलो विकेट गुमाएको नेपालका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो साझेदारी गर्न सकेनन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दा अरु ब्याटरले रन बनाउन सकेनन् ।

एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे ।

आसिफ शेख ८ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी बनाउन सकेनन् । भीम सार्की १७ रनमा आउट हुँदा कुशल मल्लले पनि २० रन मात्र बनाउन सके ।

आरिफ शेख ३८ रनमा आउट हुँदा पवन सर्राफ १५ रनमा पभेलिएन फर्किए । दोस्रो उच्च स्कोर बनाएका आरिफले ५० बलमा ४ चौका प्रहार गरे । २३ बलमा २ छक्का र १ चौका हानेका सोमपाल कामी २७ रनमा आउट भए । रिजन ढकाल ४ रनमा आउट हुँदा सूर्य तामाङ  १० रनमा नटआउट रहे ।

क्यानडाका उदय भगवानले ३ र सादबीन जफारले २ विकेट लिए । इश्वरजत सोही, साहिद अहमादजाइ र हर्स थाकिरले समान एक/एक विकेट लिए ।

नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १ : ०० बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको