सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा छ : मन्त्री शर्मा « Khabarhub

सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा छ : मन्त्री शर्मा


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले आयोजना गरेको सूचना तथा प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने भन्दै यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएकी हुन् ।

उनले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक सुधारमा लागेको र राष्ट्रिय साइबर सुरक्षा नीति जारी गरी कार्यान्वयनमा समेत ल्याइसकेको जानकारी दिइन् । सरकारको मुख्य कार्यभार सुशासन, सामाजिक न्याय र समृद्धिमा सूचना तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनले बताइन् ।

मन्त्री शर्माले सूचना प्रविधिको विकासमार्फत सेवा विकास गर्न सकिने र यसबाट रोजगारी सिर्जना गर्दै बढ्दो विदेश पलायनलाई पनि रोक्न सकिने बताइन् । अबको लगानी सूचना प्रविधि क्षेत्रमा हुनुपर्ने र सूचना प्रविधिको क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ३ : ४२ बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज