बाराबाट ६१ हजार नक्कली नोटसहित पाँच जना पक्राउ | Khabarhub Khabarhub

बाराबाट ६१ हजार नक्कली नोटसहित पाँच जना पक्राउ


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराबाट प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका-३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानीपुर गाउँपालिका-५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज महानगरपालिका-१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव रहेका छन्।

उनीहरूलाई जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट बुधबार पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

जितपुर बजारमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा उनीहरूलाई एक हजार दरका ६१ थान नोटसहित पक्राउ गरिएको न्यौपानेले बताए।

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  २ : २२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’