‘गो-कार्ट’ हाँक्दै हर्क साम्पाङ | Khabarhub Khabarhub

‘गो-कार्ट’ हाँक्दै हर्क साम्पाङ



सुनसरी – धरान उपमहानगर पालिकाका मेयर हर्कराज साम्पाङ राईले सृजनशीलता देखाउने इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुलाई विहीबार प्रोत्साहित गरेका छन् ।

मेयर राईले इन्जिनियरिङ क्याम्पसका मेकानिकल फ्याकल्टी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले तयार पारेको ‘गो-कार्ट रेसिङ कार’ चलाउँदै स्थानीय सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

मेयर साम्पाङले विद्यार्थीहरुलाई भने, ‘स्थानीय सरकारले यस्ता सृजनशील काम गर्ने विद्यार्थीलाई सधैं साथ र सहयोग गर्ने छ । तपाईहरुले राम्रो काम गर्दै जानुस् म सहयोग गर्छु ।’

उक्त अवसरमा मेकानिकल इन्जिनियरिङका विद्यार्थीले निर्माण गरेका गो-कार्ट रेसिङ कारहरु प्रदर्शन गरिएको थियो ।

मेयर राईले आविष्कार र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने घोषणा गर्दै आविष्कार केन्द्र निर्माणका लागि इन्जिनियरिङ क्याम्पससँग सम्झौतासमेत गरेका छन् ।

गो-कार्ट निर्माण गर्न जुटेका मेकानिकल इन्जिनियरिङ तेश्रो बर्षका विद्यार्थी प्रज्ज्वल राईले खबरहबसँग भने, ‘हामीले चारवटा गो-कार्ट बनाएका छौं । तीमध्ये तीनवटामा पेट्रोलले चल्ने मोटरसाइकलको इन्जिन लगाइएको छ भने एउटामा इलेक्ट्रिक (विद्युतीय) शक्तिले चल्ने मोटर इन्जिन प्रयोग गरिएको छ ।’

मेकानिकल इन्जिनियरिङ फ्याकल्टीका मिलन वन, सुनील बुढाथोकी, नारायण खनाल, मौसम विष्टलगायत विद्यार्थीले गो-कार्ट तयार पारेका हुन् ।

प्रज्वलका अनुसार सोसाइटी अफ मेकानिकल इन्जिनियरिङ स्टुडेण्टसको संयोजनमा करिव ५० जनाको सामुहिक प्रयासले गो-कार्ट तयार गर्न सफलता प्राप्त भएको हो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : १६ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय