‘गो-कार्ट’ हाँक्दै हर्क साम्पाङ « Khabarhub

‘गो-कार्ट’ हाँक्दै हर्क साम्पाङ



सुनसरी – धरान उपमहानगर पालिकाका मेयर हर्कराज साम्पाङ राईले सृजनशीलता देखाउने इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुलाई विहीबार प्रोत्साहित गरेका छन् ।

मेयर राईले इन्जिनियरिङ क्याम्पसका मेकानिकल फ्याकल्टी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले तयार पारेको ‘गो-कार्ट रेसिङ कार’ चलाउँदै स्थानीय सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

मेयर साम्पाङले विद्यार्थीहरुलाई भने, ‘स्थानीय सरकारले यस्ता सृजनशील काम गर्ने विद्यार्थीलाई सधैं साथ र सहयोग गर्ने छ । तपाईहरुले राम्रो काम गर्दै जानुस् म सहयोग गर्छु ।’

उक्त अवसरमा मेकानिकल इन्जिनियरिङका विद्यार्थीले निर्माण गरेका गो-कार्ट रेसिङ कारहरु प्रदर्शन गरिएको थियो ।

मेयर राईले आविष्कार र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने घोषणा गर्दै आविष्कार केन्द्र निर्माणका लागि इन्जिनियरिङ क्याम्पससँग सम्झौतासमेत गरेका छन् ।

गो-कार्ट निर्माण गर्न जुटेका मेकानिकल इन्जिनियरिङ तेश्रो बर्षका विद्यार्थी प्रज्ज्वल राईले खबरहबसँग भने, ‘हामीले चारवटा गो-कार्ट बनाएका छौं । तीमध्ये तीनवटामा पेट्रोलले चल्ने मोटरसाइकलको इन्जिन लगाइएको छ भने एउटामा इलेक्ट्रिक (विद्युतीय) शक्तिले चल्ने मोटर इन्जिन प्रयोग गरिएको छ ।’

मेकानिकल इन्जिनियरिङ फ्याकल्टीका मिलन वन, सुनील बुढाथोकी, नारायण खनाल, मौसम विष्टलगायत विद्यार्थीले गो-कार्ट तयार पारेका हुन् ।

प्रज्वलका अनुसार सोसाइटी अफ मेकानिकल इन्जिनियरिङ स्टुडेण्टसको संयोजनमा करिव ५० जनाको सामुहिक प्रयासले गो-कार्ट तयार गर्न सफलता प्राप्त भएको हो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : १६ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको