तातोपानीद्वारा हिउँदे गाउँसभाबाट आठ विधेयक पारित « Khabarhub

तातोपानीद्वारा हिउँदे गाउँसभाबाट आठ विधेयक पारित


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले चौधौँ हिउँदे गाउँसभाबाट आठवटा विधेयक पारित गरेको छ । आज भएको हिउँदे गाउँसभाले कार्यालयको काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न आठवटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरी पारित गरेको हो ।

पारित भएका विधेयकमध्ये भू–उपयोग कार्यान्वयन कार्यविधि, २०८०, भूमि व्यवस्थापन ऐन, दिवाखाजा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, एमबिबीएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि, गरिबी निवारण कोष व्यवस्थापन कार्यविधि, तातोपानी गाउँपालिकाको नक्सा पाससम्बन्धी कार्यविधि, सडक आश्रित सहयोगापेक्षी मानव उद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि र स्थानीय तह युवा विकास समिति नियमावली कार्यविधि पास भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए।

विभिन्न समयमा प्राकृतिक प्रकोप, भूकम्प बाढीपहिरोलगायत अन्य कारणले बर्सेनि भौतिक संरचनाको क्षति हुँदै आएकाले सो कुरालाई मध्यनजर गर्दै चालु आवदेखि पालिकाको सम्पूर्ण घरका लागि बीमा कार्यक्रम सुरु गरी हालसम्म आठ सय घरधुरी घरबीमा कार्यक्रमबाट लाभान्वित भएका गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताए।

गाउँपालिकाले चालु आवमा गाउँसभामार्फत पुँजीगत र चालु शीर्षकमा कुल रु ५५ करोड ६० लाख २५ हजार बराबरको बजेट ल्याएको थियो । जसमा पूँजीगततर्फ रु १८ करोड १९ लाख ५६ हजार बजेट विनियोजित भएको थियो । 

चालु आवको साउनदेखि माघसम्मको सात महिनामा पुँजीगत बजेटको रु दुई करोड ६८ लाख ५३ हजार गरी कुल बजेटको १४ दशमलव ७५ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए। उनका अनुसार चालुतर्फ रु ३७ करोड ४० लाख ६९ हजारमध्ये रु १४ करोड ७३ लाख पाँच हजार गरी कुल चालु बजेटको ३९ दशमलव ३७ प्रतिशत खर्च गर्न भएको छ ।

सातवटा ठूला ठेक्कामार्फत सञ्चालन हुने आयोजना पालिकाले सम्झौता गरी काम अगाडि बढाएको अध्यक्ष चौलागाईँले बताए। उनका अनुसार पालिकाका आठवटै वडामा सञ्चालन हुने वित्तीय समानिकरण अनुदानअन्तर्गतका जम्मा ७६ आयोजना तथा कार्यक्रममध्ये ६१ वटाको सम्झौता सम्पन्न गरी करिब ८० प्रतिशत उपलब्धि हासिल भएको छ । 

प्रदेश सरकार सशर्त अनुदान शीर्षकअन्तर्गत १७ मध्ये १० वटाको सम्झौता कार्य सम्पन्न भएको छ । समपूरक र विशेष अनुदान शीर्षकका तीनवटा योजना सम्झौता गरी काम सञ्चालनका लागि अघि बढेको गाउँपालिका अध्यक्ष चौलागाईँले जानकारी दिए। 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै