माधव नेपालले अब चुनाव जित्दैनन् : अध्यक्ष ओली | Khabarhub Khabarhub

माधव नेपालले अब चुनाव जित्दैनन् : अध्यक्ष ओली


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्कोपल्ट माधव नेपालले चुनाव नजित्ने बताएका छन् ।

बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव नेपाललाई अव जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्को पटक चुनाव नजित्ने बताएका हुन् ।

माधव नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियावादीहरुको मतियार भएर अरूको सरकार बनाउँदै पछि पछि हिँडेको समेत बताए ।

अध्यक्ष ओलीले माधव नेपालले एमालेलाई धोका दिएको भन्दै भ्रमवश माधव नेपालको पार्टीमा गएकालाई फिर्ता आउन आह्वान समेत गरे ।

माधव नेपालले आफूसँग बोलचाल छैन भन्दै हिँडेको उल्लेख गर्दै ओलीले त्यसले आफूलाई कुनै फरक नपर्ने बरु रौतहटकै जनतासँग बोल्न बन्द गर्न सुझाव दिए ।

त्यस्तै उनले वर्तमान सरकारले देश र जनताका लागि कुनै नयाँ कार्यक्रम गर्न नसकेको र एमालेले सुरु गरेका निर्माणका कार्यहरूलाई समेत अवरुद्ध गरेको जिकिर गरे ।

उनले जनताको आशा अपेक्षा अनुसार जिम्मेवारीपूर्वक काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा विभिन्न दल आबद्ध कार्यकर्ताहरू एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : १६ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि