माधव नेपालले अब चुनाव जित्दैनन् : अध्यक्ष ओली « Khabarhub

माधव नेपालले अब चुनाव जित्दैनन् : अध्यक्ष ओली


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्कोपल्ट माधव नेपालले चुनाव नजित्ने बताएका छन् ।

बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव नेपाललाई अव जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्को पटक चुनाव नजित्ने बताएका हुन् ।

माधव नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियावादीहरुको मतियार भएर अरूको सरकार बनाउँदै पछि पछि हिँडेको समेत बताए ।

अध्यक्ष ओलीले माधव नेपालले एमालेलाई धोका दिएको भन्दै भ्रमवश माधव नेपालको पार्टीमा गएकालाई फिर्ता आउन आह्वान समेत गरे ।

माधव नेपालले आफूसँग बोलचाल छैन भन्दै हिँडेको उल्लेख गर्दै ओलीले त्यसले आफूलाई कुनै फरक नपर्ने बरु रौतहटकै जनतासँग बोल्न बन्द गर्न सुझाव दिए ।

त्यस्तै उनले वर्तमान सरकारले देश र जनताका लागि कुनै नयाँ कार्यक्रम गर्न नसकेको र एमालेले सुरु गरेका निर्माणका कार्यहरूलाई समेत अवरुद्ध गरेको जिकिर गरे ।

उनले जनताको आशा अपेक्षा अनुसार जिम्मेवारीपूर्वक काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा विभिन्न दल आबद्ध कार्यकर्ताहरू एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : १६ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान