दुई राउन्ड गोली र लागूऔषधसहित चार जना पक्राउ | Khabarhub Khabarhub

दुई राउन्ड गोली र लागूऔषधसहित चार जना पक्राउ


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

ललितपुर– महालक्ष्मी नगरपालिका-६ चागाँथलीबाटएमएमको गोली २ राउन्ड तथा अवैध लागूऔषधसहित सोही नगरपालिका-७ चाँगाथली बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका ३२ वर्षीय सुरेश उप्रेतीसहित ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली, अवैध लागूऔषध ब्राउनसुगर करिब १४ ग्राम ६८ मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्रोजन ९ ट्याब्लेट, स्पाम्स १४ ट्याब्लेट, डिजिटल तराजु १ थान, फलामको नक १ थान, मोबाइल ८ थान, एटिएम कार्ड ४ थान, चेक बुक ३ थान, कृषि विकास बैंकको साईन गरेको २ हजारको चेक, एनआइसी एसिया बैंकको साईन गरेको २ हजारको चेक, आइएमई कार्ड १ थान र नगद ५ हजार ३ सय ७५ रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।  

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : ५० बजे

शहीद गंगालाल हृदय केन्द्रलाई पाँचसय शय्याको बनाउने मन्त्री पौडेलको प्रतिवद्धता

काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शहीद गंगालाल

सुनको मूल्य आकासिँदै, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ– समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक अपराह्‍न ४

एक महिनामा पाथीभरामा २० लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा मन्दिरमा पछिल्लो एक महिनामा २० लाख रुपैयाँभन्दा

ओली क्याबिनेटका यी दुई विवादास्पद मन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका मन्त्रीहरुमध्ये कांग्रेसका ५