एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई « Khabarhub

एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई


२५ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने महिला राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ ।

बिहीबार काठमाडौंमा क्यानले महिला राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो । प्रतियोगिता १० देखि १८ फेब्रुअरीसम्म हुनेछ । विदाई कार्यक्रममा महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरूको बन्द प्रशिक्षण निकै राम्रो भएको भन्दै महिला टि-२० एसिया कपमा क्वालीफाई भएर फर्कने विश्वास व्यक्त गरिन् ।

त्यस्तै मुख्य प्रशिक्षक मनोज कटवाल बन्द प्रशिक्षणमा क्रममा राम्रो अभ्यास भएको नजिता पनि राम्रो आउने बताए । उनले खेलका लागि सवै खेलाडीहरू फिट रहेको उल्लेख गरे ।

प्रतियोगितामा नेपाल, थाईल्यान्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स छन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि-२० एसिया कप खेल्न पाउनेछन् ।

उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : ५७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली