समाचार

सुन प्रकरणमा भीमकान्त भण्डारीले दिए बयान

By खबरहब

February 08, 2024

काठमाडौं– सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६० किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

समितिले बिहीबार उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक-पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो । 

यसअघि भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि सोधपुछ गरेको थियो ।