बेहुलीका नाममा भ्रष्टाचार : चेक बोकेर जब मेयर बिहेघरमा पुगिन्... | Khabarhub Khabarhub

बेहुलीका नाममा भ्रष्टाचार : चेक बोकेर जब मेयर बिहेघरमा पुगिन्…


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

रौतहट- मौलापुर नगरपालिकाले आफ्नो पालिकाभित्र कसैले छोरीको बिहे गर्दैछ भने ३० हजार रुपैयाँ बिहे खर्च दिने स्थानीय सरकारले कार्यक्रम ल्याएको छ । सरकारले नै त्यसरी बिहे खर्च दिनु उचित हो कि होइन भन्ने बहस एकातिर छँदैछ, अर्कोतिर नक्कली बिहेको कागज बनाएर ३० हजार लिने कार्यमा वडाध्यक्ष र कर्मचारीको मिलेमतो हुने गरेको पाइएको छ ।

मौलापुर नगरपालिकाले छोरीको विवाहमा ‘असहाय के साथ मेयर’ कार्यक्रम अन्तरगत ३० हजार आर्थिक सहयोग गर्दै आएको छ ।

मौलापुर नगरपालिका–९ का वडाअध्यक्ष श्यामकिशोर साहले सोही ठाउँ निवासी महिन्द्र राय यादव र र पुनकलिया देवीकी छोरी सन्जु कुमारीको विवाह हुँदै गरेकाले ३० हजार अनुदान सहयोग उपलब्ध गराइदिन मेयरसमक्ष सिफारिस गरे ।

गत पुस १८ गतेको सिफारिसमा वडाअध्यक्ष साहले माघ २५ गते यादवकी छोरी सन्जुको विवाह रौतहट जिल्लाको वृन्दावन नगरपालिका, बौहरी निवासी ब्रह्मदेव राय यादवको छोरासँग तय भएको उल्लेख गरेका थिए । ३० हजार आर्थिक सहयोग उपलब्ध गराइदिनका लागि परेको निवेदनमा बिहेको निम्तो कार्डसमेत संलग्न राखिएको थियो ।

वडाअध्यक्ष साहको सिफारिसका आधारमा नगरपालिकाको निर्णयबाट ३० हजार रुपैयाँ दिने निर्णय भयो । लेखापालले ३० हजार रुपैयाँको चेकसमेत काटे । चेक बेहुलीकी आमा पुनकलिया देवीका नाममा काटियो ।

मेयर रिना कुमारी साह पनि के कम ? उनले बेहुलीका बाबुलाई आफैं चेक हस्तान्तरण गरेर जस आफैँले लिने विचार गरिन् । र, उनी चेक बोकेर बेहुलीको घरतिर लागिन् ।

तर जब चेक लिएर मेयर साह  महिन्द्र र पुनकलियाको घरमा पुगिन्, उनी झसङ्ग भइनन् । महिन्द्रको घरमा कुनै विवाह नै तय भएको रहेनछ । वडाअध्यक्षले फर्जी कागज बनाएर सो रकम आफैं लिएर खान खोजेका रहेछन् ।

त्यसपछि मेयर रिना कुमारी चेक बोकेर नगरपालिका फर्किइन् ।

नगरपालिका स्रोतका अनुसार यसअघि मेयर साहको पहलमा विगत लामो समयदेखि सयौँ परिवारका बेहुलीहरुलाई ३० हजारका दरले रकम बाँडिँदै आएको छ । रकम पाउन वडाले सिफारिस गर्नुपर्ने कार्यविधि छ ।

यसैबीच, वडाअध्यक्षले फर्जी विवाहको सिफारिस गरी नगरपालिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग खान खोजेपछि स्थानीयले विरोध गरेका छन् । उनीहरूले वडाअध्यक्ष साहलाई कारवाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ५ : १२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस