आलु प्याजमा कर लगाउने सरकार स्वयं अरबौँको कर घोटालामा लिप्त् « Khabarhub

आलु प्याजमा कर लगाउने सरकार स्वयं अरबौँको कर घोटालामा लिप्त्


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव अधिकार तथा शान्ति समाजको ९३ औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ ।  

काठमाडौंमा आयोजित शान्ति काव्य प्रवाहमा रचना प्रस्तुत गर्दै स्रष्टाहरुले ४० अरब वार्षिक आम्दानी हुने कम्पनी ६ अरबमा बिक्री भएको भनिएकोप्रति व्यङ्ग गर्दै नेताहरू स्वयं बिक्री हुन थालेको बताए । 

जनतालाई आलु प्याजमा कर लगाउने सरकार अरबौँको कर घोटालामा स्वयं लिप्त् भएको भन्दै स्रष्टाहरुले आक्रोश व्यक्त गरेका थिए । काव्य प्रवाहमा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पणसहित कवितासमेत वाचन गरिएको थियो ।  

समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न भ्रष्टाचार विरुद्ध केन्द्रित ९३ औँ शान्ति काव्य प्रवाहमा रामबहादुर पहाडी, रामेश्वरी पन्त, मेनका पोखरेल आचार्य, दुर्गाकिरण तिवारी, ललिता दोषी, लक्ष्मी एडी, रत्ननीधि रेग्मी, डा. बमबहादुर जिताली, भाग्यशाली अधिकारी, बाबुराम लामिछाने, रुद्र अधिकारी, भुवन शिवाकोटी, गगनदीप सर्व, विजयराज न्यौपाने, निर्मलरमण पराजुली, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, टेकबहादुर लौहारी, कृष्ण पहाडी सहित १९ जना स्रष्टाहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ७ : १७ बजे

तीन वर्षीया बालिका गरिमा चौधरी हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक