चितवनमा लागूऔषधसहित एक जना पक्राउ | Khabarhub Khabarhub

चितवनमा लागूऔषधसहित एक जना पक्राउ


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

चितवन । चितवनमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने कालिका नगरपालिका वडा नम्बर ४ वस्ने २६ वर्षीय सोनु महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले कालिका नगरपालिका वडा नम्बर ४ पिपरिया टोल पदमपुर स्थित घरमा लागूऔषध लुकाई छिपाई सेवन, खरिद तथा बिक्री वितरण भइरहेको थाहा पाएपछि बुधबार साँझ उनलाई पक्राउ गरेको हो।

महतोको घरमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ४.८७ ग्राम, लागू औषध गाँजा १७२ ग्राम र लागूऔषध निट्राभेट २४ ट्याब्लेट तथा नगद ५ हजार तिन सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले उनलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ८ : ३८ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य