शिवरात्रीमा गाँजाको सेवन : मानसिक समस्यादेखि हृदयाघातसम्मको जोखिम « Khabarhub

शिवरात्रीमा गाँजाको सेवन : मानसिक समस्यादेखि हृदयाघातसम्मको जोखिम


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाशिवरात्री पर्व भन्नासाथ एकथरिले भाङ, धतुरो सेवनका रुपमा बुझ्ने गरेका छन्। महादेवका मन्दिरमा जोगी, सन्यासीमार्फत गाँजाको अवैध कारोवार हुने गरेको छ। धर्मको आवरणमा काठमाडौंको पशुपतिनाथको मन्दिरमा यसको खुलेआम प्रयोग देख्न सकिन्छ। तर उपयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष, अप्रत्यक्ष असर गर्ने बुझाई चिकित्सकको छ। त्यसैले उनीहरुले हौसिएर यसको उपयोग नगर्न सुझाव दिएका छन्।

गाँजाको पात, डाँठ, चोप र फलमा हुने रस नशाको रुपमा प्रयोग गरिन्छ। गाँजाको चोपलाई चरेस भनिन्छ। नेपालको कानुनले गाँजालाई लागू पदार्थको रुपमा परिभाषित गर्दै गाँजा उत्पादन, विक्रीवितरण र सेवनमा रोक लगाए पनि पर्वको माहोलमा साधुसन्तदेखि युवायुवती गाँजा सेवन गरिरहेका भेटिन्छन्।

नेपालमा गाँजाको प्रयोगमा प्रतिबन्ध रहेपनि कतिपय देशले गाँजाको प्रयोगले फाइदा हुने भन्दै यसको प्रतिबन्ध हटाएका छन्। गाँजालाई औषधिको रुपमा प्रयोग गर्न सकिने भन्दै अध्ययन अनुसन्धान समेत भइरहेको एकथरि विज्ञ बताउँछन्।

नेपालको कानुनले गाँजालाई लागू पदार्थको रुपमा परिभाषित गर्दै गाँजा उत्पादन, विक्रीवितरण र सेवनमा रोक लगाए पनि पर्वको माहोलमा साधुसन्तदेखि युवायुवती गाँजा सेवन गरिरहेका भेटिन्छन्।

गाँजाको विषयमा चिकित्सा विज्ञानमा भइरहेको अनुसन्धानलाई आधार मानेर युवायुवती गाँजाको प्रयोगतर्फ उत्प्रेरित समेत भइरहेको पाइन्छ। गाँजाको प्रयोग औषधिको रुपमा हुनेबारे अध्ययन भए पनि यसको प्रत्यक्ष रुपमा सेवन गर्दा मानव स्वास्थ्यमा असर पर्ने चिकित्सक बताउँछन्।

गाँजाले गर्ने मानसिक असर
गाँजाको सेवनबाट तत्कालीन र दीर्घकालीन रुपमा धेरै असर हुने मानसिक अस्पताल पाटनका वरिष्ठ मनोचिकित्सक डा. सुरज तिवारीले बताए।

‘गाँजाको सेवनले हाम्रो शरीरको हरेक अंग र मस्तिष्कमा पनि असर पुर्याउँछ, गाँजाको सेवनबाट तत्काल र दीर्घकालीन असरहरु धेरै नै छन्,’ डा.तिवारीले खबरहबसँग भने, ‘लामो समय गाँजाको सेवन गर्नेहरु पछि मानसिक सन्तुलन गुमाएर मानसिक अस्पतालमा उपचार गराइरहेका थुप्रै केशहरु मैले देखेको छु।

शिवको प्रसाद भन्दै धेरैले साधुसन्तसँग गाँजा मागेर खान्छन् यसको प्रभाव मस्तिष्कमा हावी भएपछि बाहिरी वातावरणसँगको प्रभाव कम गराउँछ र आफूले गरेका काम थाहा नहुने, होस नहुने र व्यवहारमा परिवर्तन ल्याउने अर्थात् हाँसेको हाँसै वा रोएको रोइ हुने हुन्छ ।’ सेवन गर्नासाथ मस्तिष्कमा यसको नकारात्मक प्रभाव पर्ने उनी बताउँछन्।

‘गाँजा सेवनले मुटुको चाल बिगार्छ, रक्तचापमा उतारचढाव ल्याउँछ र हृदयाघातसम्म गराउँछ,’ डा. तिवारी भन्छन्। त्यसका साथै निद्रा नलाग्ने र सास फेर्न कठिन हुने समस्या पनि देखिन्छन्। उनका अनुसार आँखा रातो हुने, बान्ता हुने, रिंगटा लाग्ने पनि हुनसक्छ। ‘फोक्सोमा समस्या, दम र दिमागी असन्तुलन हुने दीर्घकालीन रोग लाग्छन्,’ उनी भन्छन्।

त्यस्तै ‘गाँजामा पाइने ‘क्यानाविनोइड’ नामक रसायनले तुरुन्त मस्तिष्कमा प्रतिक्रिया गराउँछ,’ ‘जसले गर्दा कुनै कुरामा डराउने, ध्यान केन्द्रित नहुने, सोचमग्न र एकाग्र हुने, कुनै अवस्थाबारे स्वतः प्रतिक्रिया जनाउने, निर्णय गर्ने क्षमतामा प्रतिकूल असर पर्ने हुन्छ।’ गाँजा सेवन गर्ने व्यक्ति कडा खालको मानसिक रोग साइकोसेस अर्थात बौलाहापन तथा डिप्रेसनको सिकार बन्ने सम्भावना बढी हुने डा. तिवारी बताउँछन्।

‘एकदिन गाँजा सेवन गर्दा सबैलाई नकारात्मक असर पर्छ भन्ने पनि हुँदैन। तर जो व्यक्तिमा पहिलादेखि नै तनाव, कामको दबाब, डिप्रेसन छ भने गाँजाको सेवनले उनीहरुलाई असर पर्ने सम्भावना बढी हुन्छ ।’

कस्ता व्यक्तिमा बढी असर हुन्छ ?
धेरै युवायुवती शिवरात्रीमा गाँजा सेवनपछि यस्ता समस्या देखिएर उपचारका लागि अस्पताल समेत पुग्ने गरेको डा. तिवारीको भनाइ छ। ‘शिवरात्रीको दिन त हो’भन्दै गाँजा सेवनको सुरुवात गर्नेहरु पछि बानी लागेर दुर्व्यसनीमा समेत फस्ने गरेका छन्।

उनी भन्छन्, ‘शिवरात्रीको दिन गाँजा खाएको थिएँ, त्यसपछि हप्तामा एकपटक दुई पटक हुँदै खाने बानी पर्यो कसरी छुटाउने भन्दै युवाहरु अस्पतालमा आइपुग्छन्।’

मानसिक रुपमा अस्वस्थ्य वा तनाव भइरहेको व्यक्तिले गाँजा सेवन गर्दा उनीहरुमा छिटो असर देखिने डा. तिवारी बताउँछन्। ‘एकदिन गाँजा सेवन गर्दा सबैलाई नकारात्मक असर पर्छ भन्ने पनि हुँदैन। तर जो व्यक्तिमा पहिलादेखि नै तनाव, कामको दबाब, डिप्रेसन छ भने गाँजाको सेवनले उनीहरुलाई असर पर्ने सम्भावना बढी हुन्छ,’ डा. तिवारी भन्छन्, ‘यस्ता समस्यामा रहेका व्यक्तिले गाँजा खाँदा पचाउन सक्दैनन् र उनीहरुमा बानी पर्यो भने, मानसिक सन्तुलन समेत गुम्ने अवस्थामा पुग्छन्।’

उपचार विधि
गाँजा लिने बिरामीलाई १-२ हप्ता गाँजाको सट्टा अर्को औषधी दिइन्छ। बिरामीलाई मनोवैज्ञानिक उपचार गरिन्छ। शिवरात्रीमा मात्र नभइ अन्य समयमा गाँजाको लतमा फसेर धेरै युवाले आफ्नो भविष्य जोखिममा पारिहेको डा. तिवारीको भनाइ छ।

गाँजा, चरेस जस्ता लागुपदार्थको सेवनको असरले मानसिक सन्तुलन गुमाएका धेरै युवा सुधार केन्द्र तथा मानसिक अस्पतालमा छन्। त्यसैले गाँजाको सेवन गर्नुभन्दा पनि सकारात्मक तवरले यस्ता पर्वहरु मनाउन डा. तिवारीको सुझाव छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ७ : ०८ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ