चाडपर्वबाट एकता र मेलमिलापको आधार बन्छ : देउवा « Khabarhub

चाडपर्वबाट एकता र मेलमिलापको आधार बन्छ : देउवा


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्ने बताएका छन् । 

महाशिवरात्रिका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले, ‘नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवम् सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो, प्रत्येक पर्वलाई सबैले आदर  गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, हाम्रा यी सबै चाड–पर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्’, भनेका छन्  ।

शिवरात्रिजस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको सभापति देउवाले सन्देशमा बताएका छन् । सभापति देउवाले महाशिवरात्रिको अवसरमा आफू र आफ्नो पार्टीका तर्फबाट सम्पूर्ण हिन्दु धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदी–बहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ११ : ४६ बजे

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य