टेवानकी अध्यक्ष गिरी गण्डकी प्रदेश सरकारबाट सम्मानित  « Khabarhub

टेवानकी अध्यक्ष गिरी गण्डकी प्रदेश सरकारबाट सम्मानित 


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)की अध्यक्ष कमला गिरी गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट महिला व्यवसायीका रूपमा सम्मानित भएकी छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले टेवानकी अध्यक्ष गिरीलाई पर्यटन विधातर्फ उत्कृष्ट महिला व्यवसायीका रूपमा पचास हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै पर्यटन क्षेत्रका महिलाहरूको हक, अधिकार र क्षमता अभिवृद्धि गर्नुका साथै सामाजिक रूपान्तरणमा पनि योगदान गरेको भन्दै गण्डकी प्रदेश सरकारले गिरीलाई सम्मान गरेको हो ।

नाट्टा गण्डकी प्रदेशकी उपाध्यक्षसमेत रहेकी गिरी टेवानको अध्यक्ष बनेपछि पोखरामा पर्यटन प्रवर्द्धन तथा महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि निरन्तर काम गर्दै आएकी छन् ।

गण्डकी प्रदेश सरकारले अन्तर्राष्ट्रिय नारी दिवसका दिन उत्कृष्ट महिला व्यवसायीका रूपमा सम्मान गरेपछि उत्साहित बनेकी टेवानकी अध्यक्ष गिरीले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘यो सम्मानले नेपालभर रहेका पर्यटन व्यवसायी महिलासँग मिलेर पर्यटन प्रवर्द्धनमा थप जिम्मेवार भएर काम गर्न प्रेरित गरेको छ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ४ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै