संविधानको रक्षा गर्न गठबन्धन परिवर्तन भयाे : पम्फा भुसाल « Khabarhub

संविधानको रक्षा गर्न गठबन्धन परिवर्तन भयाे : पम्फा भुसाल


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले अहिलेको व्यवस्था, संविधान र राष्ट्रका लागि गठबन्धन परिवर्तनको निर्णय भएको बताएकी छन् ।

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भुसालले प्रधानमन्त्रीले पदका लागि नभई व्यवस्था र संविधानको रक्षाका साथै राष्ट्रको पक्षमा लागि गठबन्धन परिवर्तनको निर्णय लिएको बताएकी हुन् ।

नयाँ सत्ता गठबन्धनले जनतालाई सुशासन र परिवर्तनको अनुभूति गराउने संकल्पका साथ काम गर्ने भन्दै त्यस अनुसार काम हुन नसके मुलुक थप समस्यामा पर्ने उनले बताइन् ।

भुसालले अहिले बामपन्थीहरुको बाहुल्यतासहितको नयाँ गठबन्धन बनेको भन्दै यसलाई मोर्चा हुँदै एउटै पार्टी बनाउनेसम्म अघि बढाउनुपर्ने धारण राखिन् । दीर्घकालमा एउटै देशमा दुई वटा कम्युनिष्ट पार्टीहरू समानान्तर ढंगले जान नसक्ने भन्दै एक दिन सबै कम्युनिष्टहरु एकै ठाउँ आउनै पर्ने उनले बताइन् ।

त्यस्तै उनले आफूहरूले लडेर ल्याएको अधिकार कार्यान्वयनका लागि र थप अधिकार स्थापित गर्न संघर्षको मोर्चा छाड्न नसकिने जिकिर गरे ।

उनले संघर्षको स्वरूप भने फरक फरक हुन सक्ने बताइन् । राज्य सञ्चालन गर्ने स्थानमा नै महिला प्रतिनिधि नभएसम्म महिलाको हक अधिकार पूर्णरुपमा कार्यान्वयन हुन नसक्ने उनको भनाइ छ ।

भुसालले संघ र प्रदेशमा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता गराउनुपर्ने व्यवस्था रहेको भन्दै एक पटक अवसर पाएकालाई अर्को पटक नदोहराउने प्रस्ताव माओवादीको विधानमा गरेको धारणा राखिन् । चैत्र १ गते बस्ने माओवादीको स्थायी कमिटीले विधानलाई अन्तिम रूप दिने उनले बताइन् ।

त्यस्तै महिलाको आर्थिक अधिकारको कुरालाई घरदैलो अभियानका रूपमा लिएर जानुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ५ : २५ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००