वडाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा सुरु « Khabarhub

वडाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा सुरु


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको पथरी शनिश्चरे नगरपालिकामा लोकसेवा तयारी कक्षा सुरु भएको छ । वडा नं. ३ र २ को आर्थिक सहयोगमा प्रफेक्ट मल्टिपल इन्ष्टिच्युट प्रा.ली.ले तयारी कक्षा थालेको प्रा.ली.का सञ्चालक युवराज चौलागाईले जानकारी दिए ।

वडा नं. ३ ले वार्षिक बजेटमा नै कार्यक्रम राखेर वडाका ३० जना युवाहरुलाई तयारी कक्षा गराइरहेको छ । वडाले अन्य थुप्रै तालिमहरू गराएको र यस वर्ष लोकसेवा तयारी गराएर युवालाई स्वदेशमै सरकारी जागिरमा प्रोत्साहन गर्न बजेट तथा कार्यक्रम राखिएको वडाध्यक्ष विजय लिम्बुले बताए ।

यता वडा नं. २ ले भने लक्षित वर्ग अन्तर्गत महिला लक्षित कार्यक्रमको बजेटबाट लोकसेवा तयारी कक्षामा लगानी गरेको छ । वडाका १३ जना महिलालाई लोकसेवा तयारी गराएर सरकारी जागिरमा प्रोत्साहन गरेको वडा सदस्य चन्द्र कुमार राईले बताएका छन् ।

६० दिनसम्म सञ्चालन हुने तयारी कक्षामा वडा नं. ३ को २ लाख ३३ हजार, वडा नं. २ को ९९ हजार र प्रा.ली.को २५ प्रतिशत साझेदारी रहेको छ ।

२०७६ सालदेखि निरन्तर लोकसेवा, शिक्षक सेवा तथा अन्य भाषाका कक्षाहरू समेत सञ्चालन गरिरहेको प्रफेक्टले वार्षिक रूपमा थुप्रै विद्यार्थी पास गराउँदै आएको छ ।

वडामा रहेका अति विपन्न परिवारका, सरकारी जागिरमा चासो राख्नेहरूलाई निःशुल्क कक्षामा सहभागी गराउने गरेको चौलागाईले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ५ : ४८ बजे

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक