टर्किद्वारा कुर्दिस्तानमाआक्रमण, दुई जनाको मृत्यु | Khabarhub Khabarhub

टर्किद्वारा कुर्दिस्तानमाआक्रमण, दुई जनाको मृत्यु


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बग्दाद – इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रको दुहोक प्रान्तमा शुक्रबार टर्किएले गरेको हवाइ आक्रमणमा २ जनाको मृत्यु भएको छ । साथै अर्का १ जना घाइते भएको कुर्दिश सुरक्षा स्रोतले जनाएको छ।

सो प्रान्तको शिलादजे क्षेत्रस्थित गाउँ नजिकैको पहाडमा जडिबुटी सङ्कलन गर्दा बिहानै टर्किएको विमानले उनीहरूमाथि बमबारी गरेको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ।

टर्किए सेनाले प्रायः उत्तरी इराकमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लडाकुहरू विरुद्धको कारबाहीलाई तीव्र पारेको छ । कारबाही विशेषगरी समूहको मुख्य आधार रहेको कन्डिल पर्वतमा केन्द्रित गरेको छ ।

टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले ३ दशकभन्दा बढी समयदेखि टर्किए सरकारविरुद्ध विद्रोह गर्दै आएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १० : ११ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका