टर्किद्वारा कुर्दिस्तानमाआक्रमण, दुई जनाको मृत्यु « Khabarhub

टर्किद्वारा कुर्दिस्तानमाआक्रमण, दुई जनाको मृत्यु


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बग्दाद – इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रको दुहोक प्रान्तमा शुक्रबार टर्किएले गरेको हवाइ आक्रमणमा २ जनाको मृत्यु भएको छ । साथै अर्का १ जना घाइते भएको कुर्दिश सुरक्षा स्रोतले जनाएको छ।

सो प्रान्तको शिलादजे क्षेत्रस्थित गाउँ नजिकैको पहाडमा जडिबुटी सङ्कलन गर्दा बिहानै टर्किएको विमानले उनीहरूमाथि बमबारी गरेको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ।

टर्किए सेनाले प्रायः उत्तरी इराकमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लडाकुहरू विरुद्धको कारबाहीलाई तीव्र पारेको छ । कारबाही विशेषगरी समूहको मुख्य आधार रहेको कन्डिल पर्वतमा केन्द्रित गरेको छ ।

टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले ३ दशकभन्दा बढी समयदेखि टर्किए सरकारविरुद्ध विद्रोह गर्दै आएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १० : ११ बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट