लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा | Khabarhub Khabarhub

लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुलले आफ्नो अग्रता जोगाउन नसक्दा शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

लिभरपुलका लुइस डियाज र मोहम्मद शालाह तथा म्यानचेस्ट युनाइटेडका ब्रुनो फर्नान्डेज र कोबी माइनाले एक–एक गोल गरेका थिए ।

खेलको २३औँ मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेलको ५०औँ मिनेटमा ब्रुनो६७औँ मिनेटमा कोबीले गोल गर्दै म्यानचेस्टरलाई २–१ गोलको अग्रता दिलाए ।

त्यसपछि खेल सकिन ६ मिनेट बाँकी छँदा लिभरपुलका शालाहले टोलीलाई हारबाट जोगाउँदै २–२ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै ३१ खेलबाट ७१ अङ्कसहित लिभरपुल दोस्रो स्थानमा रहेको छ । सामान अङ्क रहेको आर्सनल गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ । म्यानचेस्टर युनाइटेड ४९ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ६ : ५९ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले