‘महाजात्रा’ले वर्तमान राजनीतिलाई गतिलो मुक्का हानेको छ : नेता खनाल « Khabarhub

‘महाजात्रा’ले वर्तमान राजनीतिलाई गतिलो मुक्का हानेको छ : नेता खनाल


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चलचित्र महाजात्रा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।

सुन्धारास्थित हलमा आइतबार विशेष शो हेरेपछि नेता खनालले चलचित्रमा वरिष्ठ कलाकार हरिवंशले निभाएको नेताको सशक्त भूमिकाले वर्तमान राजनीतिलाई गतिलो मुक्का हानेको प्रतिक्रिया दिए ।

उनले भने, ‘कलाकार भाइहरूको अभिनय एकदमै राम्रो छ । हरिवंशले नेताको भूमिका निर्वाह गरेर वर्तमान राजनीतिलाई एक मुक्का हान्नु भएको छ ।’ नेता खनालले चलचित्र उत्कृष्ट बनेको भन्दै १० मा ९ दशमलव ९ रेटिङ दिए ।

विशेष शो हेर्न वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, बद्री अधिकारी, वरिष्ठ नायिका भुवन चन्द, नायिका गौरी मल्ल, प्रियङ्का कार्की, नायक आयुश्मान देशराज जोशी सहभागी थिए ।

प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको चलचित्र महाजात्रा तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : २३ बजे

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री