क्षेप्यास्त्र सकिन लाग्यो, सहयोग चाहियो : जेलेन्स्की « Khabarhub

क्षेप्यास्त्र सकिन लाग्यो, सहयोग चाहियो : जेलेन्स्की


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशमा रहेको क्षेप्यास्त्र सकिन लागेको बताएका छन् ।

जेलेन्स्कीले एक भिडियो सन्देशमा भने, ‘युक्रेनी सेनाको मिसाइल समाप्त हुन लागेको छ, यदि रुसले युक्रेनमा द्रुत हमला गर्न जारी राख्यो भने हामीसँग मिसाइलहरू समाप्त हुनेछन् । रुसलाई यो थाहा छ र अझै पनि आक्रमण गरिरहेको छ । हामीसँग लड्नका लागि अझै क्षेप्यास्त्र र ड्रोनहरू छन् तर ती चाँडै समाप्त हुदैँछन् ।’

उनले अवस्था बिग्रँदै गएको उल्लेख गर्दै अमेरिकी पैट्रियट एयर डिफेन्स मिसाइल प्रणाली चहिएको बताएका छन् ।

२४ फेब्रुअरी २०२२ मा रुस–युक्रेन युद्ध सुरु भएपछि अमेरिकाले युक्रेनलाई प्याट्रियट एयर डिफेन्स मिसाइल प्रणाली दिएको थियो । यसले आकाशबाट आउने कुनै पनि खतरा महसुस गर्न सक्छ र प्रतिकार गर्न सक्छ।

एयर डिफेन्स मिसाइल प्रणाली बाहेक युक्रेनले अमेरिकासँग सैन्य प्याकेज पनि चाहेको छ । वास्तवमा अमेरिकाले युक्रेनलाई दिएको सैन्य सहयोग विगत एक वर्षदेखि रोकिएको छ । यसको कारण अमेरिकी संसदमा सहयोग प्रस्तावमा बहुमत नपुगेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग गर्न ४.९७ लाख करोडको सैन्य प्याकेज प्रस्ताव गरेका थिए । तर, डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले यसमा अवरोध खडा गरिरहेको छ ।

उता, रुसले अप्रिल ६ को रातमा युक्रेनको खार्किभ सहरमा आक्रमण गरेको थियो । जहाँ ८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ८ : ४० बजे

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री