सभामुखले प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँग छलफल गर्दै « Khabarhub

सभामुखले प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँग छलफल गर्दै


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित चार राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले दिउँसो २ बजे नेताहरूलाई आफ्नो कार्यकक्ष सिंहदरवारमा बोलाएर छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

घिमिरेले छलफलका लागि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतलाई बोलाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनको माग उठाउँदै आएको छ ।

प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएकाले त्यसअघि संसदको गतिरोध अन्त्यको प्रयासका लागि सभामुखले छलफल गर्न लागेका हुन् ।

कांग्रेसले आगामी बैठक अघि छानबिन समिति नबने बैठक चल्न नदिने यसअघि नै चेतावनी दिइसकेको छ । आजको बैठकले भोलिको प्रतिनिधिसभा बैठक कुन ढंगले अघि बढ्छ भन्ने प्रष्ट हुनेछ ।

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ९ : ०९ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स