सभामुखले प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँग छलफल गर्दै « Khabarhub

सभामुखले प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँग छलफल गर्दै


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित चार राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले दिउँसो २ बजे नेताहरूलाई आफ्नो कार्यकक्ष सिंहदरवारमा बोलाएर छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

घिमिरेले छलफलका लागि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतलाई बोलाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनको माग उठाउँदै आएको छ ।

प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएकाले त्यसअघि संसदको गतिरोध अन्त्यको प्रयासका लागि सभामुखले छलफल गर्न लागेका हुन् ।

कांग्रेसले आगामी बैठक अघि छानबिन समिति नबने बैठक चल्न नदिने यसअघि नै चेतावनी दिइसकेको छ । आजको बैठकले भोलिको प्रतिनिधिसभा बैठक कुन ढंगले अघि बढ्छ भन्ने प्रष्ट हुनेछ ।

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ९ : ०९ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था