कागबेनीमा भक्तजनको घुइँचो (फोटो फिचर) « Khabarhub

कागबेनीमा भक्तजनको घुइँचो (फोटो फिचर)


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा पूजाअर्चनाका लागि भक्तजनहरुको ठूलो घुइँचो लागेको छ ।

मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिकस्थलबाट बहने कालिगण्डकी नदीको संगमस्थल कागबेनीधाम दिवंगत पितृ उद्धारका लागि महत्वपूर्ण प्रसिद्ध धार्मिकस्थल मानिन्छ ।

चैते दसैँ अघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्नका लागि नेपालसहित छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा भक्तजन मुक्तिक्षेत्र पुगेका छन् ।

परापूर्वकालमा भुसुण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरुको नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड दिने चलनको सुरुआत भएको विश्वास गरिन्छ ।

परापूर्व कालमा कागबेनी धाम आसपास ठूलो सरोवर थियो । त्यही सरोवरमा एकदिन दुइटा कागहरु कुण्डमा खसेर मरे । कुण्डमा खसेर मरेका दुइटा कागहरु तत्काल चामत्कारिक रुपमा हंसको रुपमा हाँस भई प्रकट भएकाले कागबेनीधामलाई हंसतीर्थसमेत भनिन्छ ।

तस्वीर : रासस

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १० : ३८ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को