एलन मस्क विश्वका धनि व्यक्तिको चौथो स्थानमा किन झरे ? « Khabarhub

एलन मस्क विश्वका धनि व्यक्तिको चौथो स्थानमा किन झरे ?


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका धनी व्यक्तिहरूको सूचीमा लामो समयदेखि शीर्ष स्थानमा रहेका एलन मस्क चौथो स्थानमा झरेका छन् । उनको कम्पनी टेस्लाको शेयर बजारमा लगातार मूल्य घटेपछि मस्क चौथो स्थानमा झरेका हुन् ।

ब्लूम्बर्गको बिलिनियार्स इन्डेक्सका अनुसार अहिले विश्वको धनि व्यक्तिको सूचीमा बेर्नार्ड आर्नाल्ट रहेका छन् । उनको कुल सम्पत्ति २२३ बिलियन डलर रहेको छ । त्यस्तै दोस्रो स्थानमा जेफ बेजोस रहेका छन् । उनको कुल सम्पत्ति २०७ बिलियन डलर रहेको छ ।

त्यसैगरी यस सूचीमा फेसबुकका सहसंस्थापक मार्क जुकरबर्ग तेस्रो स्थानमा रहेका छन् । उनको कुल सम्पत्ति १८७ बिलियन डलर रहेको छ । उनले २०२० पछि मस्कलाई जितेका छन् ।

यस सूचीमा चौथो स्थानमा झरेका मस्कको सम्पत्ति १८१ बिलियन डलर रहेको छ । मस्कको एक वर्षमा ४८.४ बिलियन डलर सम्पत्ति घटेको छ ।

त्यस्तै यस सूचीमा पाँचौं स्थानमा १५३ बिलियन डलर सम्पत्तिसहित बिल गेट्स रहेका छन् ।

त्यस्तै भारतका मुकेश अम्बानी ११२ बिलियन डलर सम्पत्तिसहित यस सूचीमा ११औँ स्थानमा रहेका छन् भने भारतकै गौतम अडानी १०४ बिलियन डलर सम्पत्तिसहित १४औँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १२ : ५२ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२