शैलुङमा फुलेको कागजको बोट (तस्बिरहरू) « Khabarhub

शैलुङमा फुलेको कागजको बोट (तस्बिरहरू)


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी अड्डा अदालतमा प्रयोग हुने नेपाली हाते कागज बन्ने प्रक्रिया बारे तपाईं कति जानकार हुनुहुन्छ ? लोक्ता र अर्गेली नामको वनस्पतिको बोक्राबाट हातैले कागज तयार गरिन्छ । कतै कतै यसलाई पहाडे कागज पनि भनिन्छ । प्रामाणिक आधार त छैन तर सयौं वर्षअघि बाटै यसको प्रयोग हुन थालेको हो ।

वसन्त ऋतुसँगै शैलुङको जंगलमा गुराँस मात्र हैन, नेपाली हातेकागज बनाउने कच्चा पदार्थ लोक्ता र अर्गेली उत्तिकै फुलेका छन् । साना साना पोथ्रा आकारका वनस्पतिमा फुल्ने यो फूलले जंगल नै सुगन्धमय बनेको छ । गुराँसको लालीमा सँगै लोक्ताको फूलबाट आउने सुगन्धले पदयात्रीहरू लठ्ठ पर्ने गरेका छन् । उद्योगीहरू सामुदायिक वनमार्फत किनेर यसको बोक्रा प्रशोधन गरी कागज बनाउँछन् ।

जापानले यही कागजको प्रयोग गरी आफ्नो देशको मुद्रा बनाउने गरेको छ । छिमेकी मुलुक चीनमा दुई हजार वर्षबाट यसको प्रयोग भएको पाइन्छ । बौद्ध ग्रन्थ सम्बन्धी ग्रन्थ यही कागजमा उतारिन्थ्यो । तिब्बतमा जाने नेपाली व्यापारीहरूले नेपालमा हाते कागज बनाउने प्रविधि भित्र्याएको विश्वास गरिन्छ ।

दस्ताबेज नमेटिने, धुल्याहा नलाग्ने कारण जन्म पत्र, जग्गा धनी पुर्जा देखि अड्डा अदालतका लिखत हातेकागजमा उतारिएको हुन्छ । नेपालमा राणाकालीन शासन कालमा सम्पूर्ण सरकारी काम नेपाली हातेकागजमा गरिन्थ्यो । ०७ सालको क्रान्तिपछि पनि त्यो क्रमले निरन्तरता पाउन सकेन । अहिले पनि घर व्यवहारका तमसुक नेपाली कागजमै लेख्ने परम्परा कायमै छ ।

गोरखामा लोक्ताको बोक्राबाट बनेको नेपाली कागज (फोटो : रासस)

सरकारी कागजातमा हातेकागजको प्रयोग हराए पनि घरेलु सामग्री निर्यातका कारण यसको व्यावसायिकता बढ्दै गएको पाइन्छ । लोक्ता र अर्गेलीबाट विभिन्न जिल्लामा लघु उद्यमको रूपमा कागज उत्पादन गरिँदै आएको छ । विशेष गरी बागलुङ जिल्लाले हाते कागज निर्माणको हब मानिन्छ ।

अहिले दोलखाको शैलुङमा हातेकागजका विशाल अत्याधुनिक उद्योग खुलेको छ । तेर्‍हथुम, भोजपुर, संखुवासभा, प्यूठान, रोल्पा, खोटाङ, ओखलढुंगा लगायत गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भागमा हाते कागज बनाइन्छ ।

बाहिरबाट कच्चा पदार्थ ल्याएर काठमाडौं उपत्यकाका दर्जनौं स्थानमा नेपाली कागज बनाउने गरिएको छ । यद्यपि सरकारले भने प्रमुख प्राथमिकता दिएर यो उद्योगलाई प्रोत्साहित गरेको छैन ।

तस्बिरहरु हेर्नुहाेस् : 

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १ : १४ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका