शैलुङमा फुलेको कागजको बोट (तस्बिरहरू) « Khabarhub

शैलुङमा फुलेको कागजको बोट (तस्बिरहरू)


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी अड्डा अदालतमा प्रयोग हुने नेपाली हाते कागज बन्ने प्रक्रिया बारे तपाईं कति जानकार हुनुहुन्छ ? लोक्ता र अर्गेली नामको वनस्पतिको बोक्राबाट हातैले कागज तयार गरिन्छ । कतै कतै यसलाई पहाडे कागज पनि भनिन्छ । प्रामाणिक आधार त छैन तर सयौं वर्षअघि बाटै यसको प्रयोग हुन थालेको हो ।

वसन्त ऋतुसँगै शैलुङको जंगलमा गुराँस मात्र हैन, नेपाली हातेकागज बनाउने कच्चा पदार्थ लोक्ता र अर्गेली उत्तिकै फुलेका छन् । साना साना पोथ्रा आकारका वनस्पतिमा फुल्ने यो फूलले जंगल नै सुगन्धमय बनेको छ । गुराँसको लालीमा सँगै लोक्ताको फूलबाट आउने सुगन्धले पदयात्रीहरू लठ्ठ पर्ने गरेका छन् । उद्योगीहरू सामुदायिक वनमार्फत किनेर यसको बोक्रा प्रशोधन गरी कागज बनाउँछन् ।

जापानले यही कागजको प्रयोग गरी आफ्नो देशको मुद्रा बनाउने गरेको छ । छिमेकी मुलुक चीनमा दुई हजार वर्षबाट यसको प्रयोग भएको पाइन्छ । बौद्ध ग्रन्थ सम्बन्धी ग्रन्थ यही कागजमा उतारिन्थ्यो । तिब्बतमा जाने नेपाली व्यापारीहरूले नेपालमा हाते कागज बनाउने प्रविधि भित्र्याएको विश्वास गरिन्छ ।

दस्ताबेज नमेटिने, धुल्याहा नलाग्ने कारण जन्म पत्र, जग्गा धनी पुर्जा देखि अड्डा अदालतका लिखत हातेकागजमा उतारिएको हुन्छ । नेपालमा राणाकालीन शासन कालमा सम्पूर्ण सरकारी काम नेपाली हातेकागजमा गरिन्थ्यो । ०७ सालको क्रान्तिपछि पनि त्यो क्रमले निरन्तरता पाउन सकेन । अहिले पनि घर व्यवहारका तमसुक नेपाली कागजमै लेख्ने परम्परा कायमै छ ।

गोरखामा लोक्ताको बोक्राबाट बनेको नेपाली कागज (फोटो : रासस)

सरकारी कागजातमा हातेकागजको प्रयोग हराए पनि घरेलु सामग्री निर्यातका कारण यसको व्यावसायिकता बढ्दै गएको पाइन्छ । लोक्ता र अर्गेलीबाट विभिन्न जिल्लामा लघु उद्यमको रूपमा कागज उत्पादन गरिँदै आएको छ । विशेष गरी बागलुङ जिल्लाले हाते कागज निर्माणको हब मानिन्छ ।

अहिले दोलखाको शैलुङमा हातेकागजका विशाल अत्याधुनिक उद्योग खुलेको छ । तेर्‍हथुम, भोजपुर, संखुवासभा, प्यूठान, रोल्पा, खोटाङ, ओखलढुंगा लगायत गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भागमा हाते कागज बनाइन्छ ।

बाहिरबाट कच्चा पदार्थ ल्याएर काठमाडौं उपत्यकाका दर्जनौं स्थानमा नेपाली कागज बनाउने गरिएको छ । यद्यपि सरकारले भने प्रमुख प्राथमिकता दिएर यो उद्योगलाई प्रोत्साहित गरेको छैन ।

तस्बिरहरु हेर्नुहाेस् : 

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १ : १४ बजे

 कुखुरामा ‘एनेमिया भाइरस’

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । 

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख