दक्षिण गाजाको खान युनिस सहरबाट पछि हट्यो इजरायली सेना « Khabarhub

दक्षिण गाजाको खान युनिस सहरबाट पछि हट्यो इजरायली सेना


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेना दक्षिण गाजाको खान युनिस सहरबाट पछि हटेको छ । इजरायली सेनाले खान युनिस शहरबाट सेना फिर्ता गरिसकेको जानकारी दिएको हो ।

यसै क्रममा इजरायली रक्षामन्त्री योभ गालान्टले खान युनिसबाट पछि हटेपछि इजरायली सेनाले रफाह सहरमा जमिन आक्रमणको तयारी गरिरहेको बताएका छन् । युद्ध सुरु भएदेखि नै यहाँ हवाई आक्रमण हुँदै आएको थियो । 

अमेरिकी मिडिया न्यूयोर्क टाइम्सका अनुसार इजरायली सेनाले खान युनिसमाथि ४ महिनाअघि हमला गरेको थियो । यसैबीच, सहर फर्केका मानिसहरूले चारैतिर फोहोर मात्रै देखिने गरेको बताउँछन् ।

सेनाको पछि हटेको सुनेपछि खान युनिस फर्केकाले कुनै सहर बाँकी नरहेको र भग्नावशेष मात्रै देखेको बताएका छन् । 

२०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपाची शुरु भएको यस युद्धमा अहिलेसम्म गाजामा ३३ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । यसमा १३ हजारभन्दा बढी बालबालिका छन् । अल जजीराको रिपोर्ट अनुसार हरेक दिन करिब १८० जनाको मृत्यु भैरहेको छ । 

७५ हजारभन्दा बढी घाइते भएका छन् । 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  २ : ०० बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो