नेशनल मेडिकल कलेजमा प्रहरीको छापा,एमडीसहित दुई जना पक्राउ « Khabarhub

नेशनल मेडिकल कलेजमा प्रहरीको छापा,एमडीसहित दुई जना पक्राउ


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा आज दिउसो पर्सा प्रहरीले छापा मारेको छ ।

कलेजको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । म्याद गुज्रिएको केमिकल ल्याबबाट बरामद भएपछि कलेजका एमडीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ल्याबबाट म्याद गुज्रिएको केमिकल भएको अनुगमनको क्रममा भेटिएपछि कलेजका एमडी सदनवाज हुसेन र ल्याबका डाक्टर संजय साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी केशर कुमार न्यौपानेले जानकारी दिए ।

कलेजको ल्याबबाट म्याद गुज्रिएको केमिकल संकलन गरी ल्याउने कार्य भइरहेको उनले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : २२ बजे

गुल्मी-२ रास्वपाको अग्रता, कडा प्रतिस्पर्धाबीच पछाडि परे एमालेका गोकर्ण विष्ट

काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी–२ मा राष्ट्रिय

कैलाली–१ मा रास्वपाकी ज्ञवाली विजयी

घोडाघोडी– कैलाली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार

रास्वपा ३१ क्षेत्रमा विजयी हुँदा ८७ जनाको अग्रता

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

चार निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेन

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६१

रुपन्देहीबाट विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित : रास्वपाका सुलभ खरेल विजयी

काठमाडौँ – रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी