सातै प्रदेशमा सेवा विस्तार गर्दै भरतपुर क्यान्सर अस्पताल « Khabarhub

सातै प्रदेशमा सेवा विस्तार गर्दै भरतपुर क्यान्सर अस्पताल


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

चितवन-बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ ।

अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङ्ग सेवा विस्तार गर्ने योजना बनाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको जानकारी दिए ।

उनले भने, अस्पतालको शल्यक्रिया सेवामा स्तरोन्नति गरी थप प्रविधिमैत्री बनाइ सेवा प्रदान गर्ने योजनामा हामी लागेका छौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अस्पताल निरीक्षणका क्रममा अस्पतालका भावी योजनाबारे जानकारी गराइएको उनले बताए । त्यसैगरी अस्पतालको प्याथोलोजी सेवामा मोलिक्यूलर प्रयोगशाला पूर्णरुपमा सञ्चालन गरिने, रेडियसन सेवामा थप अत्याधुनिक मेसिन जडान गरिने उनले जानकारी दिए । न्यूक्लियर मेडिसिनतर्फ राष्ट्रिय गौरवको रुपमा रहेको साइक्लोट्रोनसहितको पेट सिटी स्क्यान सेवा स्थापना गरी उक्त सेवाका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नेतर्फ अस्पताल लागेको उनको भनाइ छ ।

उनले थपे, हामीले अस्पताललाई क्यान्सर उपचारमा सबै सेवायुक्त बनाउने योजनामा लागेका छौँ । रक्त क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने बोनम्यारो प्रत्यारोपण सेवाको स्थापना गर्नका लागि चिनियाँ सरकारको अनुदानमा काम अघि बढेको छ। अस्पतालबाटै दक्षजनशक्ति उत्पादन गर्नका लागि शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रियामा रहेको पनि उनको भनाइ छ । यहाँ उपचारका लागि छिमेकी देशबाटसमेत बिरामी आउने गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : २१ बजे

१८ प्लस प्राइभेट भिल्ला पार्टीको नाममा ठगी गर्ने भारतीय युवक पक्राउ

काठमाडौं- १८ प्लस प्राइभेट भिल्ला पार्टीको नाममा ठगी गर्ने एकजना

अमेरिकासँग तनावले मानसिक दबाबमा इरानी खेलाडी, भन्छन् : देशको झन्डा ओढेर खुसी दिन सक्छौँ

तेहरान- अमेरिकासँगको तनावका कारण इरानका खेलाडीहरू मानसिक दबाब झेलिरहेका छन्।

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा 

काठमाडौं– संघीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य

अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ

मुस्ताङ– यहाँस्थित नेपाली सेना र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)

सांसद राना भन्छन् : ‘स्वर्णिम’ बजेटले किसान र विपन्नलाई हेरेन, गरिबको जीवनस्तर सुधार्ने कार्यक्रम ल्याएन

काठमाडौं– नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सरकारको बजेट ठूला लगानीकर्तामुखी